Online Nepal शुक्रबार, बैशाख २१ २०८१

नेपाल इन्भेष्टमेन्ट बैंकको १६ प्रतिशत  लाभांश घोषणा

नेपाल इन्भेष्टमेन्ट बैंकको १६ प्रतिशत  लाभांश घोषणा


मध्यान्तर
  • सोमबार, असोज १८ २०७८

  • काठमाडौं ।  नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत  लाभांश घोषणा गरेको छ ।

    घोषणा गरिएको १६ प्रतिशत लाभांश मध्ये ११.२४ प्रतिशत बोनस शेयर र बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजनको लागि समेत गरी ४.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने बैंकले बताएको छ ।कम्पनीले निर्णयको जानकारी नेपाल स्टक एक्सचेञ्जमा गराइसकेको छ । अब नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि साधारणसभामा उक्त प्रस्ताव पेश हुनेछ । साधारणसभाबाट पारित भएपछि कम्पनीले शेयरधनीलाई लाभांश दिनेछ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार