Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

अब ग्लोबल आइएमई बैंकमार्फत पनि नेपाल लाइफ इन्सुरेन्सको विमा सेवा

अब ग्लोबल आइएमई बैंकमार्फत पनि नेपाल लाइफ इन्सुरेन्सको विमा सेवा


मध्यान्तर
  • शनिबार, चैत्र ९ २०७५

  • काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल लाइफ इन्सुरेन्स बीच विमा सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेन्द्र राज रेग्मी र नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हस्ताक्षर गरेका छन् ।

    सम्झौता पश्चात ग्लोबल आईएमई बैंकका १३४ वटै शाखाहरु मार्फत नेपाल लाइफ इन्सुरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिने छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

    बैंकले १३४ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२१ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया
    थप समाचार