Online Nepal आइतबार, बैशाख १६ २०८१

नेपाल टेलिकमको नयाँ बर्ष अफर, २ सयमा ३ जीबी डाटा, २ सय मिनेट टक टाइम

नेपाल टेलिकमको नयाँ बर्ष अफर, २ सयमा ३ जीबी डाटा, २ सय मिनेट टक टाइम


मध्यान्तर
  • शुक्रबार, चैत्र २९ २०७५

  • काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा आफ्ना ग्राहकका लागि नयाँ अफर सार्वजनिक गरेको छ । ३० चैतबाट सुरु भएर ३ वैशाखसम्म लिन सकिने यो अफरअन्तर्गत २ सय रुपैयाँको रिचार्जमा ३ जीबी डाटा, २ सय मिनेट टक टाइम र २ सय वटा एसएमएस पठाउन पाइनेछ ।

    सो अफरका रूपमा कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउनेछ । सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्कभित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ ।

    उक्त प्याकको अवधि खरिद गरेपछि ५ दिनसम्म रहनेछ । प्याक प्राप्त गर्न ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’बाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

    त्यसैगरी, कम्पनीको वेबसाइट www.nct.net.np मार्फत विस्तृत जानकारी लिन सकिने टेलिकमले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार