Online Nepal सोमबार, बैशाख १७ २०८१

भ्याट छली प्रकरणः उपभोक्तावाट उठाएको भ्याट व्यापारीको खल्तीमा

भ्याट छली प्रकरणः उपभोक्तावाट उठाएको भ्याट व्यापारीको खल्तीमा


मध्यान्तर
  • बिहिबार, बैशाख १९ २०७६

  •  

    काठमाडौं । नक्कली भ्याट बिल प्रकरणमा मुछिएका अधिकांश व्यापारीहरुको मुद्दा सर्वोच्च अदालतमा यतिबेला विचाराधीन छ । २०६८ सालदेखि चलेको यो प्रकरण किनारा नलाग्दै करिब ७ अर्बको अर्को नक्कली भ्याट बिल जारी भएको राजस्व अनुसन्धान विभागको अनुसन्धानले देखाएको छ ।

    विभागले गरेको अनुसन्धानबाट आर्थिक वर्ष २०७२, ०७३ र २०७४ मा व्यापारीहरुले विभिन्न शैली अपनाएर ७ अर्ब बराबरको नक्कली भ्याट बिल जारी भएको खुलासा भएको हो । नक्कली भ्याट बिलको पहिलो प्रकरणमा भन्दा फरक प्रकृतिका कम्पनीहरु यस्तो कार्यमा संलग्न भएको विभागमा महानिर्देशक दीर्घराज मैनालीले बताए । उनका अनुसार नयाँ कम्पनीहरु मार्फत नयाँ शैली प्रयोग गरी भ्याट छली भइरहेको छ ।

    समान खरिद गरेबापत उपभोक्ताले तिर्ने भ्याट व्यापारीले आफ्नो खल्तीमा हाल्ने गरेको विभागको अनुसन्धानले देखाएपछि यस्तो कार्यमा संलग्न २४ फर्म र त्यसका सञ्चालकविरुद्ध विभागले २०७५ फागुन २१ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ । राजस्व अनुसन्धान विभागले १ अर्ब ७५ करोड रुपैयाँ कर छली गरेको आरोपमा उनीहरू विरुद्ध मुद्दा दायर गरेको हो । १३ प्रतिशत भ्याट र खर्च देखाई २५ प्रतिशत आयकर छली गरेको अनुसन्धानमा देखिएको थियो ।

    अनुसन्धानमा गत असारमा १२ करोड कारोबार गरेको फर्म साउनमा गायब भएको देखिएको थियो । परमेश्वर साहले मात्र २० वटा खाता सञ्चालन गरेको विभागमा अनुसन्धानमा भेटिएको थियो । बिल खरिद गर्ने ठूला तथा मझौला गरी १२ फर्मको कारोबार विवरण संकलन गरी अनुसन्धान अघि बढाइएको थियो ।

    प्रतिक्रिया
    थप समाचार