Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नेपाल टेलीकमको चाडपर्व ‘एसएमएस प्याक’ अफर

नेपाल टेलीकमको चाडपर्व ‘एसएमएस प्याक’ अफर


मध्यान्तर
  • बिहिबार, कार्तिक २७ २०७७

  • काठमाडौं । नेपाल टेलिकमले तिहार, छठ तथा नेपाल संवतको नयाँ वर्ष (न्हु दया)का अवसरमा आफन्त शुभकामना सन्देश पठाउनका लागि एसएमएस पठाउन एसएमएस प्याकका साथै विभिन्न प्रकारका प्याकहरु सार्वजनिक गरेको छ ।

    एउटा एसएमएस पठाउँदा ५० पैसा शुल्क लाग्ने गरेको कम्पनीले जनाएको छ । हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको एसएमएस प्याकमा तीन प्रकारका सहुलियत रहेका छन् ।  ५ रुपैयाँमा २० वटा एसएमएस,  १५ रुपैयाँमा ७० वटा एसएमएस र  ६० रुपैयाँमा ३०० वटा एसएमएस रहेका छन । यी प्याक क्रमशः १ दिन, ७ दिन र २८ दिनको समयावधिभित्र प्रयोग गरिसक्नु पर्छ ।

    २० वटा एसएमएसका लागि एसएमएस २०, ७० वटा एसएमएसका लागि एसएमएस ७० र ३०० वटा एसएमएसका लागि एसएमएस् ३०० लेखेर १४१५ मा एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ । यसैगरी *1415*1*5# डायल गरेर वा एनटी एपबाट पनि एसएमएस सेवा खरिद गर्न सकिन्छ ।

    नेपाल टेलिकमको पोस्टपेड प्रयोगकर्ताहरुले पोस्टपेडका विभिन्न प्याकमध्ये प्राइम, प्रिमियम, गोल्ड र डायमन्ड प्याक लिंदा एसएमएस, भ्वाइस र डाटा प्याकहरु समेत प्रयोग गर्न सकिन्छ । पोस्टपेड प्राइम प्याक लिई २ सयवटा एसएमएस, प्रिमियम प्याक खरिद गर्दा ५ सय वटा एसएमएस र गोल्ड तथा डायमन्ड प्याक खरिद गर्दा १ हजार वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध छ ।

    यी एसएमएस एक महिनासम्म कुनैपनि समयमा पठाउन सकिन्छ । पोस्टपेड प्याक खरिद सम्बन्धी विस्तृत जानकारी लिनका लागि आफ्नो मोबाइलमार्फत  *1415*2# डायल गर्न सकिन्छ ।

    कर्पोरेट कार्यालयका लागि उपलब्ध गराइएको कर्पोरेट युजर ग्रुप ९सीयूजी० अन्तर्गत रहेर पनि सहुलियत दरमा एसएमएस पठाउन सकिन्छ । सीयूजी प्याक अन्तर्गत २०० रुपैयाँ, ५०० रुपैयाँ,  १००० रुपैयाँ र  १५०० रुपैयाँ दरका विभिन्न अफर अन्तर्गत रहेर ग्रुपमा आबद्ध र ग्रुपभन्दा बाहिरका नम्बरमा समेत कल गर्न र एसएमएस गर्न सकिनुका साथै डाटा समेत चलाउन सकिन्छ । सो प्याक अन्तर्गत अन्य सुविधाका अतिरिक्त क्रमशः ५०, १००, २०० र ४०० वटा एसएमएस आवश्यकता अनुसार एक महिना भित्र  पठाउन सकिने कम्पनीले जनाएको छ ।

    यी विभिन्न प्याकका बारे कम्पनीको ‘नेपाल टेलिकम एप’ बाट जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ । वेबसाइटमा रहेको सेल्फ केयर एकाउन्टमा रजिष्टर गरेर त्यसबाट पनि विभिन्न प्याक खरिद गर्न सकिन्छ ।

    प्रतिक्रिया
    थप समाचार