Online Nepal शुक्रबार, बैशाख २१ २०८१

काठमाडौंका यी ठाउँहरुमा आज विद्युत सेवा अवरुद्ध हुने

काठमाडौंका यी ठाउँहरुमा आज विद्युत सेवा अवरुद्ध हुने


मध्यान्तर
  • शनिबार, बैशाख ८ २०८१

  • काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

    विभिन्न ठाउँका फिडरहरू सटडाउन गरेर मर्मत कार्य गर्नु पर्ने भएकोले विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । रत्नपार्कको वितरण केन्द्रको अनामनगर, जोरपाटी वितरण केन्द्रको मुलपानी र डांछी फिडरअन्तर्गत पर्ने ठाउँमा विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

    लोकसेवा कार्यालयको पानी ट्याङ्की, सिंहदरबारको पूर्वी गेट अनामनगर हुँदै न्यरो हस्पिटल, प्रभु बैंकका साथै धोबीखोलादेखि मैतीदेवी, घट्टेकुलो क्षेत्रमा साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुनेछ ।
    यस्तै, मूलपानी फिडरअन्तर्गत बाबाचोक, मूलपानी चउर, मिलन चोक, फुयाल गाउँ, तिवारी टोल, गोकर्ण फरेस्ट रिसोर्ट, थलीलगायतका स्थानमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार डांछी फिडरअन्तर्गत शिवचोक, अर्याल गाउँ, दक्षिणढोका, होटल नोर्लिङ,ग्रिनहिल सिटी क्षेत्रमा बिहान १० बजेदेखि मध्याह्न साढे १२ बजेसम्म विद्युत अवरूद्ध हुनेछ ।

     

     

    प्रतिक्रिया
    थप समाचार