Online Nepal शनिबार, जेष्ठ ५ २०८१

सिड्नीको कोग्रामा दुई नेपालीले खोले रोयल दरबार रेष्टुरेण्ट

सिड्नीको कोग्रामा दुई नेपालीले खोले रोयल दरबार रेष्टुरेण्ट


मध्यान्तर
  • आइतबार, साउन ३१ २०७८

  • पछील्लो समय प्रबासमा नेपालीहरू बिभिन्न पेशा र ब्यबसाय तर्फ अग्रसर हुन थालेका छन । अरूको काम भन्दा पनि आफ्नै ब्याबसाय गर्न तर्फ उत्साहित हुनाले प्रबासमा नेपालीहरूको ब्याबसायले बिस्तारित रूप पनि पाईरहेको छ ।

    यसै क्रममा अस्ट्रेलियाको सिड्नी स्थित कोग्रामा दुई नेपाली युवा प्रकाश सुबेदी र सागरजंग बहादुर राणाको लगानीमा आधुनिक किसिमको बिशुद्द नेपाली बिशेषता बोकेको रोयल दरबार रेस्ट्रो नामक र्रेष्टुरेण्ट संचालनमा आउंने भएको छ । प्रकाश पोखराका हुन भने सागर काठमाण्डौका हुन । रेष्टुरेण्ड लकडाउंन खुलेपछी सन्चालनमा आउंने बताइएको छ ।

    केही बर्ष यता अष्ट्रेलियाको सिड्नीमा नेपालीहरूको बस्ती बाक्लिदै जानु र यही कुरालाई मध्यनजर गरेर नेपालीहरूकै लगानीमा रेष्टुरेण्टहरू सन्चालनमा आउंनुलाई सकारात्मक रूपमा लिइएको छ ।

    प्रबासमा नेपालकै स्वाद र परिकारलाई प्राथमिकतामा राखिने जानकारी दिइएको छ -‘ हामी नेपालकै स्वाद र परिकार प्रबासमा खुवाउंने उद्देश्यले लागि परेका छौ । यसमा हामीलाई साथ र समर्थन पनि मिल्ने बिस्वास छ -‘ सन्चालकहरू सुबेदी र राणाले बताए ।

    डेढ करोड नेपाली लगानीमा संचालनमा आउन लागेको यो रेस्टुरेण्टमा करिब ६० जना एकैपटक बसेर खान मिल्ने ब्यबस्था गरिएको छ । २० जनालाइ सुरूवातमा रोजगारी समेत दिन लागिएको बताइएको छ । नेपालीहरूको बाक्लो बस्ती रहेको सिड्नी स्थित कोग्रामा सन्चालन गर्न लागिएको यो रेष्टुरेन्ट सिड्नीमा नेपाली स्वाद र परिकारमा रमाउंन चाहनेहरूको लागि उत्कृष्ट हब बन्ने देखिन्छ ।                                                                          राजन घिमिरे

    प्रतिक्रिया
    थप समाचार