Online Nepal शनिबार, बैशाख २९ २०८१

तेस्रो लगानी सम्मेलनमा आजदेखि ,नौ खर्ब बराबरका १५१ परियोजना प्रस्तुत गरिँदै

तेस्रो लगानी सम्मेलनमा आजदेखि ,नौ खर्ब बराबरका १५१ परियोजना प्रस्तुत गरिँदै


मध्यान्तर
  • आइतबार, बैशाख १६ २०८१

  • काठमाडौं  । तेस्रो लगानी सम्मेलनमा आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिहान सोल्टी होटेलमा उद्घाटन गर्ने सम्मेलनमा लगानीका निम्ति नौ खर्ब बराबरका १५१ परियोजना प्रस्तुत गरिँदै छन् । सम्मेलन आज्र भोलि दुई दिन चल्नेछ ।

    मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको हो ।

    नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार ६ सय लगानीकर्ताले भाग लिने छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन् भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ ।

    सम्मेलनको पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र हुनेछन् । दोस्रो दिन ११ वटा समानान्तर सत्र सञ्चालन गरिनेछ । सम्मेलनका क्रममा लगानीकर्ताले प्रधानमन्त्री र अर्थमन्त्रीसँग साक्षात्कार गर्ने व्यवस्था मिलाइएको छ । सरकारले निजी क्षेत्रलाई सहआयोजक बनाएर सम्मेलन आयोजना गरेको हो ।

     

     

    प्रतिक्रिया
    थप समाचार