Online Nepal सोमबार, जेष्ठ ७ २०८१

विमानस्थलबाट सुनसहित एक युवा पक्राउ

विमानस्थलबाट सुनसहित एक युवा पक्राउ


मध्यान्तर
  • शुक्रबार, बैशाख २८ २०८१

  • फाइल तस्बिर

    काठमाडौं । सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवा पक्राउ परेका छन् ।

    सुनसरीको धरान उपमहानरपालिका–५ घर भएका ३७ वर्षीय विजयकुमार लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनले बिहीबार कतारबाट अवैध रुपमा ५० ग्राम सुन ल्याएको भन्ने सूचनाका आधारमा खटिएको टोलीले पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । ब्रासलेट र औठी आकारमा ल्याएको ५० ग्राम बराबरको सुन उनीबाट बरामद भएको छ । पक्राउ परेका लिम्बुलाई कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार