Online Nepal शनिबार, बैशाख २२ २०८१

अंहकार त्याग्गौं

अंहकार त्याग्गौं


मध्यान्तर
  • बुधबार, साउन ६ २०७८

  • अघिल्लो सरकारमा दुई तिहाईको अंहकार थियो । सरकार एकलौटि चलेको थियो , कमजोर प्रतिपक्ष र तिनै तहमा दुई तिहाईको सरकार तर पनि सबैभन्दा बदनाम र विरोध केपी ओली सरकारको भयो । पाँच वर्षका लागी जनताले दिएको जनमत तिन वर्षमा नै गुमाउन पयो । कारण त्यहि दम्भ र अंहकारले हो । केपी ओलीको अंहकारीले नेकपा आज छिन्न भिन्न र एमाले सहित पार्टिको अहिले यो हालत छ । देशले ठुलो सपना र मुल्य चुकायो ।

    त्यसैले दम्भ र घमण्ड होइन योग्यता र क्षमता तथा निति नियम चल्न सक्यो भने मात्र सबैको कल्याण र देशको सम्बृृृद्धि हुन्छ तर दुई तिहाई पाएको केपी ओलीको सरकारको जस्तो हालत हुन्छ । अहिले भर्खर नेपालि कांगे्रसका सभापति शेरवहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । उँहाले विश्वासको मत पनि करीव दुई तिहाई पाएका छन् । यो दुई तिहाई दम्भ र अंहकार नहोस आज नेपाली जनताले ओली सरकारको नैराश्यता देउवा सरकारबाट आश गरेका छन् । जनताले कांगे्रसलाई पहिला देखीनै विश्वास गर्दै आएका छन् । अव देउवाको यहाँ भन्दा अघि जे जस्तो भएपनि अव र आगामी दिनमा कम्युनिटि सरकार जस्तो भाँडभैलो र नैराश्यता नहोस । करीव दुई तिहाइ मत पाएको सरकारले दम्भ र अंहकार त्यागी देश र जनता प्रति समर्पित होस् । अहिलेको प्रमुख समस्या भनेको कोरोना महामारी हो यसलाई नियन्त्रण गर्न सरकारको प्रमुख प्रथामिक्ता होस् ।

    प्रतिक्रिया
    थप समाचार