Online Nepal सोमबार, बैशाख १७ २०८१

युरोप पढ्न जाँदै हुनुहुन्छ ? डब्लुआरआईले ल्यायो इस्टोनियन एजुकेशन प्रोग्राम

युरोप पढ्न जाँदै हुनुहुन्छ ? डब्लुआरआईले ल्यायो इस्टोनियन एजुकेशन प्रोग्राम


मध्यान्तर
  • शुक्रबार, बैशाख १३ २०७६

  • काठमाडौं । के तपाईं युरोप पढ्न जाने मनस्थितिमा हुनुहुन्छ ? यदि त्यसो हो भने अब युरोपियन मुलुक इस्टोनियामा अध्ययनका लागि जान विद्यार्थीहरुले नेपालमै शैक्षिक परामर्श लिन सक्नेछन् । विभिन्न माध्यमबाट विद्यार्थी इस्टोनिया पुगेपनि हालसम्म नेपालबाटै शैक्षिक परामर्श दिने कन्सल्टेन्सिहरु थिएनन् । यसै विषयलाई ध्यानमा राखि इस्टोनियन एजुकेशनको बारेमा जानकारी दिन र नेपालबाटै शैक्षिक परामर्श लिन सकिन्छ भन्ने कुराको जानकारी गराउन डब्लुआरआई एजुकेशन कन्सलटेन्सीले स्टडी इन इस्टोनिया इन्फर्मेसन सेसन को आयोजना गरेको छ । यसकाका लागि इस्टोनियन काउन्सिल अफ नेपालका अवैतनिक बाणिज्यदुत नवराज दाहालले समन्वय गरेका थिए ।

    इन्फर्मेसन सेसन कार्यक्रममा स्टडी इन इस्टोनियाकी स्पोकपर्सन पायल राजपालले इस्टोनिया को शैक्षिक संस्था हरूका बारेमा जानकारी दिइन् । उनले स्टोनियामा बिशेषतः साईवर सेक्युरिटी इन्जिनियरिङ, इन्टरनेसनल बिजिनेस, स्टार्टअप इन्टरप्रेर्नसिप, गेम, डिजाइन, म्युजिक, फिल्म, रोबटिक्स, इन्टरनेसनल ल लगायत थुप्रै कोर्स हरू सञ्चालन भइरहेको जानकारी बताइन् । उनले इस्टोनिया भ्रष्टाचार मुक्त मुलुक भएकाले विद्यार्थीहरु ठगिने वा फस्ने संभावना नभएको दावी गरिन् ।

    इस्टोनियाले अन्तर्राष्ट्रिय बिद्यार्थीहरूलाई स्वागत गरिएको हुँदा स्टडी इन इस्टोनिया संग सहकार्य गरि डब्लुआरआई एजुकेशन कन्सलटेन्सीले यो कायक्रम को आयोजना गरेको बिकल्प राज पोखरेलले जानकारी दिए ।

    उत्तरी युरोप, फिनल्याण्ड नजिक रहेको इस्टोनिया बाटै स्काइपको बिकास भएको हो । स्टाटअप पर क्यापिटा उच्च रहेको इस्टोनियामा अन्तर्राष्ट्रिय बिधार्थीलाई धेरै अबसर रहेको कार्यक्रममा जानकारी गराइएको थियो । हायर एजुकेशनमा इस्टोनियामा टालिन युनिभर्सिटी अफ टेक्नोलोजी, युनिभर्सिटी अफ टार्टु, इस्टोनियन एकेडेमी अफ आर्टस, इस्टोनियन एकेडेमी अफ म्युजिक एण्ड थिएटर, इस्टोनियन बिजिनेस स्कुल, इस्टोनियन इन्टरप्रिनर्सिप युनिभर्सिटी अफ अप्लाइड साईन्सेज् , इस्टोनियन युनिभर्सिटी अफ लाईफ साईन्सेज् र टालिन युनिभर्सिटी लगायतका शैक्षिक संस्था हरू सञ्चालित छन् ।

    विभिन्न माध्यमबाट विद्यार्थीहरु इस्टोनिय पुगेपनि नेपालमा पहिलोपटक आधिकारीक रुपमा इस्टोनियाको शैक्षिक कार्यक्रम भित्र्याइएको डब्लुआरआई जनाएको छ । स्टडी इस्टोनियाका बारेमा थप जानकारी डब्लु आर आई एजुकेशन कन्सलटेन्सीमा सम्पर्क राख्न वा www.wriglobal.com बाट वितृत जानकारी लिन सकिनेछ ।

     

    प्रतिक्रिया
    थप समाचार