Online Nepal बुधबार, जेष्ठ २ २०८१

बझाङमा एमालेका भण्डारी अघि बढ्दै, काँग्रेस पछ्याउँदै

बझाङमा एमालेका भण्डारी अघि बढ्दै, काँग्रेस पछ्याउँदै


मध्यान्तर
  • सोमबार, बैशाख १७ २०८१

  • काठमाडौँ । बझाङ प्रदेश सभा (१)मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले मतान्तर बढाउँदै लिएका छन् ।

    भण्डारीले १० हजार ५६१ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले १० हवार ४७० मत ल्याएका छन्। एमालेका भण्डारी ९१ मतसहित अगाडि छन्।

    जिल्लाको तलकोटको १, २ र ३ वडाको मतगणना हुँदा भण्डारीले कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाईपछि पार्दै ९ मतले अगाडि बढेका थिए। त्यसपछि उनले अग्रता बढाउँदै लिएका हुन् ।

    यस्तै माओवादीका जनकबहादुर बुढाले ३ हजार ७२३ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४६० मत ल्याएका छन्।

    यहाँ यसअघि २०७९ को चुनावमा गठबन्धन गरेर कांग्रेसले चुनाव जितेको थियो।

    प्रतिक्रिया
    थप समाचार