Online Nepal आइतबार, बैशाख ३० २०८१

५ केजी अफिमसहित तीनजना पक्राउ

५ केजी अफिमसहित तीनजना पक्राउ


मध्यान्तर
  • मंगलबार, जेष्ठ २२ २०७५

  • ५ केजी अफिमसहित दाङ प्रहरीले तीन जना युवालाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी रामबहादुर घर्ती मगरले घोराहीबाट उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

    ५ केजी २ सय ग्राम लागूऔषध अफिमसहित रोल्पा जिल्लाका एकजना र रुकुम पूर्वका दुईजना युवा पक्राउ परेको प्रहरीले बताएको छ। रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. ४ निवासी ३१ वर्षीय शक्तिराम वली र रुकुम पूर्वको भूमे गाउँपालिका वडा नं. ६ निवासी २७ वर्षीय एलन रोका र सोही गाउँपालिका वडा नं. ८ का २८ वर्षीय देवबहादुर वलीलाई दाङको घोराहीबाट पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता घर्ती मगरले बताए।

    पक्राउ परेका विरुद्ध लागूऔषध नियन्त्रण २०३३ अन्तरगत मुद्दा चलाइएको डिएसपी मगरले जानकारी दिए । गोप्य सूचनाको आधारमा घोराही उपमहानगरपालिका वडा नं. १५ को एउटा होटल नजिकैबाट उनीहरूलाई आइतबार बेलुका साढे ७ बजेतिर पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

    https://setopati. com/social/161259

    प्रतिक्रिया
    थप समाचार