Online Nepal सोमबार, बैशाख १७ २०८१

आधारशिलाको नियमित काव्यप्रवाह सम्पन्न

आधारशिलाको नियमित काव्यप्रवाह सम्पन्न


मध्यान्तर
  • सोमबार, पुष ३० २०७५

  • काठमाडौं । आधारशिला कलेजको साहित्य विभागले गर्दै आएको नियमित काव्यप्रवाह सम्पन्न भएको छ । यसलाई कवि वैरागी जेठाले संयोजन गर्दै आएका छन् । यसपटकको कार्यक्रममा प्रगतिशील लेखकसंघ नेपालका उपाध्यक्ष डा. पुष्कर भट्टको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष अतिथिमा प्राध्यापक कलानिधि दाहाललाई आमन्त्रण गरिएको थियो । आधारशिला कलेजका प्राचार्य एवम् प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय सदस्य अमीर सिंह पनि काव्य प्रवाहमा उपस्थित थिए । धुरन्धर साहित्यप्रेमिहरुको उपस्थितिमा प्रगतिवादी विचार र अनुभूति शिर्षकमा बहस भएको थियो । कार्यक्रमलाई सुगीता साहले सञ्चालन गरेकी थिइन् ।

    उक्त अवसरमा पन्ध्र जना कवि कवयत्रीहरुले आआफ्ना कविता वाचन गरेका थिए । प्रमुख अतिथि डा. भट्टले कम्युनिष्ट पार्टीका कामरेडहरुले प्रगतिवादी साहित्यलाई अँगाल्ने हुँदा यसलाई पूरा गर्ने दायित्व प्रगतिशील लेखक संघको हुने बताए । उनले भने- ‘हामी सबैले यही तवरबाट बुझ्नुपर्छ र अदम्य उत्साह लिएर तथा योजनाबद्ध नेपाली मजदूर किसान ,विद्यार्थी सम्म जान हामी तयार छौँ । यो पनि एउटा संघर्ष नै हो । हाम्रा कार्यमा अप्ठ्यारा र समस्याहरु छन्,हामीले तिनको सामाना गरिरहेका छौँ ,सामाधान गर्न कटिबद्ध छौँ ।’ उनले प्रगतिशील भाषा साहित्यको विकास र संरक्षणको लागि स्थानीय सत्ता र आमजनताको घर घरमा पुग्ने सोच बनाएको बताए ।

    कार्यक्रममा अर्का वक्ता प्राध्यापक एवम् छन्दवादी साहित्यकार कलानिधि दाहालले प्रगति वादी र प्रगतिशील चिन्तन बोक्नेले सानो घेरामा अल्झिन नहुने बताए । उनले भने- ‘साहित्यकार एउटा फराकिलो जमिन हो । मूर्ख विचारलेमात्र प्रगतिवादी हुन सकिन्न ।’ उनले आधारशिला साहित्य विभागलाई संगठीत हुँदै, एककृत हुँदै नयाँबजार भित्ररहेका साहित्यकारहरुलाई समेट्न आग्रह गरे ।

    प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय सदस्य एवम् कलेजका प्राचार्य अमिर सिंहले मानिसका सही विचार यस्तै काव्यप्रवाहबाट आउने बताए । उनले मनमा सहजै उठ्ने विचारलाई कलात्मक बनाउन र सामाजिक व्यवहारको विश्लेषणात्मक प्रणालीलाई द्वन्द्वात्मक तरिकाले बुझ्न साहित्यले उर्जा दिने बताए । उनले काव्य प्रवाहलाई अझै फराकिलो ढंगले जान आग्रह गर्दै निरन्तरताको कामना गरे ।

    प्रतिक्रिया
    थप समाचार