Online Nepal सोमबार, बैशाख १७ २०८१

सप्तरिमा अज्ञात समुहको गोली प्रहारबाट हवल्दार गम्भीर घाईते

सप्तरिमा अज्ञात समुहको गोली प्रहारबाट हवल्दार गम्भीर घाईते


मध्यान्तर
  • बिहिबार, माघ ३ २०७५

  • काठमाडौं । सप्तरीमा अज्ञात समूहको गोली प्रहारबाट एक प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् । उनमाथि बुधबार साँझ अज्ञात समुहले गोली प्रहार गरेको हो ।

    जिल्लाको खडक नगरपालिका–७ स्थित बिसनपुर चोकमा गस्ती गरिरहेका बेला हिजो साँझ करिब ८ः३० बजेको समयमा उक्त घटना घटेको थियो । गोली लागेर घाईते हुनेमा प्रहरी हबल्दार महेन्द्रप्रसाद यादव रहेका छन् । यादवलाई मोटरसाइकलमा आएका अज्ञात समूहले गोली प्रहार गरी फरार भएको कल्याणपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

    कम्मरभन्दा माथि गोली लागेर ढलेका प्रहरी चौकी विसनपुरका प्रहरी हवल्दार यादवको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाइते हबल्दार यादवलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको छ भने गोली हानी फरार भएकाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    यसैबीच घटनाको सशस्त्र समूह प्रगतिशील तराइ मुक्ति मोर्चाले जिम्मा लिएको छ । मोर्चाका मिलेट्री चिफ निशान थारुले कार्वाही स्वरुप गोली चलाएको संचारकर्मीहरुलाई फोन गरेर जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    थप समाचार