Online Nepal मंगलबार, जेष्ठ १ २०८१

बंगलादेशमा छात्रालाई जिउँदै जलाएको अभियोगमा १६ जनालाई मृत्युदण्ड

बंगलादेशमा छात्रालाई जिउँदै जलाएको अभियोगमा १६ जनालाई मृत्युदण्ड


मध्यान्तर
  • बिहिबार, कार्तिक ७ २०७६

  • काठमाडौं । छात्रालाई जीवितै जलाएको अभियोगमा दोषी ठहर गर्दै बंगलादेशमाको एक अदालतले १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
    शिक्षकले आफूलाई यौन दुर्व्यहार गरेको आरोप लगाएकी १९ वर्षीया नुसरत जहाँ रफीको गत अप्रिल महिनामा फेनी नगरमा हत्या भएको थियो । उक्त नगर राजधानी ढाकादेखि १६० किलोमिटर पर रहेको छ । नुसरतले आफ्ना प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै प्रहरीलाई उजुरी दिएकी थिइन् । त्यसको ११ दिनपछि गत एप्रिल ६ मा उनलाई विद्यालयको छानामा बोलाइएको थियो । त्यहाँ उनलाई बुर्का लगाएका चार\पाँच जनाले घेरेर उजुरी फिर्ता लिन दबाव दिएका थिए । त्यसो गर्न अस्वीकार गरेपछि उनलाई जीवितै आगो लगाइएको थियो । प्रहरीका अनुसार उनले आत्महत्या गरेको जस्तो देखाउने प्रयास गरिए पनि उनको उद्धार गरियो ।
    नुसरतको शरीरको ८० प्रतिशत भाग जलेको थियो । उनको चार दिनपछि मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    थप समाचार