Online Nepal मंगलबार, जेष्ठ १ २०८१

दिल्लीमा भिषण आगलागी, ३५ जनाको मृत्यु

दिल्लीमा भिषण आगलागी, ३५ जनाको मृत्यु


मध्यान्तर
  • आइतबार, मंसिर २२ २०७६

  • काठमाडौं । भारतको राजधानी नयाँदिल्लीको एक खाद्य भण्डारमा भएको आगलागीमा परि ३५ जनाको मृत्यु भएको छ । घटनामा परी १५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
    समाचार संस्था एएनआईले दिल्ली प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार घटनामा ३५ जनाको मृत्यु भएको छ । घाइतेको लोक नायक अस्पतालमा उपचार गरिदै छ । भारतीय सञ्चारमाध्यमका अनुसार खाद्य भण्डार रहेको एक घरमा आगलागी भएको थियो । आगो नियन्त्रणका लागि दमकलसहितका ३० भन्दा धेरै गाडीहरु खटिएका थिए । आगलागी आइतबार विहान ५ बजे भएको थियो । उक्त भवनको तेस्रो तलामा एक बेकरी रहेको छ । बेकरीको माथिल्लो तलामा आगो लागेको थियो । जसका कारण पूरै भवन आगोको चपेटामा परेको थियो ।
    दिल्ली फायर सर्र्िभका उपप्रमुख सुनील चौधरीले भने,‘आगो नियन्त्रणमा लिइएको छ, ३० भन्दा धेरै दमकल अन्य गाडी राहत र वचाउ कार्यमा खटिएका थिए ।’

    प्रतिक्रिया
    थप समाचार