Online Nepal मंगलबार, जेष्ठ १ २०८१

बेलायतमा आज आमनिर्वाचन हुँदै, परिणाम भोलि आउने

बेलायतमा आज आमनिर्वाचन हुँदै, परिणाम भोलि आउने


मध्यान्तर
  • बिहिबार, मंसिर २६ २०७६

  • काठमाडौं । बेलायतमा बिहीबार आमचुनाव अन्तर्गत मतदान हुँदैछ । नेपाली समय अनुसार दिउँसो पौने १ बजेदेखि मतदान सुरु हुनेछ ।
    बेलायतमा पाँच वर्ष भन्दा कम समयमा तेस्रोपटक आमनिर्वाचन हुन लागेको हो । बेलायतको इतिहासमा झण्डै १०० वर्ष पहिलो पटक डिसेम्बरमा चुनाव हुन लागेको हो । यसअघि सन् २०१५ र २०१७ मा पनि आमनिर्वाचन भएको थियो । इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका ६५० संसदीय क्षेत्रका लागि बिहीबार मतदाताले मत दिने छन् । मतदान नेपाली समय अनुसार शुक्रबार बिहान पौने चार बजे समापन हुनेछ । त्यस लगत्तै मतगणा सुरु हुने बिबिसीले उल्लेख गरेको छ । अधिकांश क्षेत्रको नतिजा शुक्रबार नै आइसक्ने छ । पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत बेलायतका ६५० संसदीय क्षेत्रका प्रतिनिधिको चयन यो चुनावबाट हुनेछ ।
    सन् २०१७ मा भएको चुनावमा सबैभन्दा पहिले न्युक्यासल सेन्ट्रल संसदीय क्षेत्रको नतिजा आएको थियो । बेलायतमा हरेक पाँच वर्षको फरकमा निर्वाचन हुने गर्छ ।

    प्रतिक्रिया
    थप समाचार