Online Nepal शनिबार, जेष्ठ ५ २०८१

लामो दुरीका यातायात र हवाइ उडान असोज १ गतेदेखि संचालन हुने

लामो दुरीका यातायात र हवाइ उडान असोज १ गतेदेखि संचालन हुने


मध्यान्तर
  • सोमबार, भाद्र १५ २०७७

  • काठमाडौं । सरकारले कोरोना भाईरस (कोभिड–१९)को संक्रमण देखा पर्न थालेसँगै घोषणा गरेको लकडाउनका कारण बन्द गरिएको सडक यातायात र आन्तरिक हवाइ उडान आगामी असोज १ गते देखि संचालन हुने भएको छ ।

    मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी उक्त कुराको जानकारी दिएका हुन् ।

    यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको खतिवडाले बताए ।

    सरकारको यो निर्णयसँगै अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चलनमा आउनेछन् भने आन्तरिक हवाइ उडान पनि असोज १ देखि नै सञ्चालनमा आउनेछ ।

    सरकारले पटक–पटक यातायात तथा हवाइ उडान संचालन गर्ने निर्णय गर्दै आएपनि कोरोना संक्रमण बढ्दै गएपछि मिति सार्दै आएको छ ।

    प्रतिक्रिया
    थप समाचार