Online Nepal शनिबार, जेष्ठ ५ २०८१

विश्वको सबैभन्दा ठूलो ३४अर्बको आईपीओ आउँदै

विश्वको सबैभन्दा ठूलो ३४अर्बको आईपीओ आउँदै


मध्यान्तर
  • बुधबार, कार्तिक १२ २०७७

  • काठमाडौं ।चिनिका अर्बपति ज्याक माको फाइनटेक कम्पनी आन्टले विश्वको सबैभन्दा ठूलो ३४अर्बकोआईपीओ जारी गर्ने भएको छ ।

    शांघाई र हङकङको शेयर मार्केटबाट आन्टले ३४ अर्ब ४० करोड डलर बराबरको रकम उठाउने लक्ष्य राखेको बताइएको छ। योसँगै उक्त कम्पनीले जारी गर्ने आईपीओ विश्वमै अहिलेसम्मकै ठूलो हुनेछ।

    यसअघि साउदी अरेबियाको सरकारी स्वामित्वको कम्पनी साउदी अराम्कोले गत डिसेम्बरमा आईपीओ जारी गरेर सबैभन्दा धेरै २९ अर्ब डलर उठाएको थियो।

    ज्याक माको कम्पनीले शांघाई र हङकङको शेयर बजारमा लिस्टिङका लागि आवेदन दिइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। आईपीओ जारी गरेपछि फाइन टेक कम्पनी आन्टको पूँजी ३१५ अर्ब डलर पुग्नेछ। कम्पनीले गत सोमबार आईपीओका लागि रकम तोकेको हो। अर्काे महिनादेखि कम्पनीको शेयरको कारोबार हुनेछ। ज्याक मा कै अर्काे कम्पनी अलीबाबाले आन्ट ग्रूपमा झन्डै ३३ प्रतिशत शेयर पुर्याउने भएको छ। त्यसकाे उसले ७३० मिलियन डलरको शेयर किन्ने सहमति पनि गरेको छ।

    ई–कमर्श कम्पनी अलीबाबाको अध्यक्षबाट राजीनामा दिएका ज्याक मा ले अहिले आन्ट ग्रूपको नेतृत्व गरिरहेका छन्। आन्ट ग्रूपमा आफ्नो शेयर ८.८ प्रतिशतमा झार्ने पनि उनले बताएका छन्। एजेन्सी

    प्रतिक्रिया
    थप समाचार