Online Nepal आइतबार, जेष्ठ ६ २०८१

अरबमा १०३ नेपालीको मृत्यु

अरबमा १०३ नेपालीको मृत्यु


मध्यान्तर
  • मंगलबार, पुष १७ २०७५

  • काठमाडौ । नेपालमा रोजागारीको अवसर नभएपछि विदेशीने युवाहरुको संख्या दैनिक बढिरहेको छ । स्थाई सरकार बनिसक्दा पनि रोजगारीका अवशर सिर्जना गर्न नसकेका कारण नेपालमा युवाहरुलाई स्थान दिन सकिएको छैन् । त्यहि अनुसार ज्यान गुमाउनेको संख्या पनि दैनिक बढिरहेको छ ।

    सन् २०१८ मा संयुक्त अरब इमिरेट्स (युएई) मा १०३ जना नेपालीले अकालमै ज्यान गुमाएका छन् । अरबमा विभिन्न कारणबाट १०३ नेपाली कामदारको मृत्यु भएको छ । यसरी मृत्युहुनेहरुमा आठ महिला र ९५ पुरुष रहेको आवुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

    मृतकमध्ये तीन महिला र ४४ पुरुषको प्राकृतिक कारण, तीन महिला र ३० पुरुषको आत्महत्या तथा दुई महिला र २१ पुरुष कामदारको दुर्घटनामा परेर मृत्यु भएको हो ।

    मृतकमध्ये सूर्य विक, अमृतबहादुर कार्की, सिर्जना बराल र अशोक भट्टराईको शव नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ । उनीहरुको मृत्युका कारणबारे अध्ययन भइरहेकाले शव पठाउन ढिलाइ भएको र छिट्टै नेपाल पठाइने दूतावासले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार