Online Nepal बिहिबार, बैशाख २७ २०८१

अवैधरुपमा भित्र्याएको चार केजी सुनसहित ४ जना पक्राउ

अवैधरुपमा भित्र्याएको चार केजी सुनसहित ४ जना पक्राउ


मध्यान्तर
  • शुक्रबार, पुष २० २०७५

  • काठमाडौं । चीनबाट अवैधरुपमा भित्र्याएको चार केजी सुनसहित प्रहरीले तीनजलाई धादिङबाट पक्राउ गरेको छ । चीनको केरुङ हुँदै रसुवागढी नाकाबाट धादिङ ल्याइपुर्याइएको अवस्थामा इलाका प्रहरी गजुरीकोे टोलीले गए राति पौने १० बजे सुनसहित तीनजनालाई पक्राउ गरेको हो ।

    प्रदेश तीनको विशेष प्रहरी टोली र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले दुईवटा मोटरसाइकलमा लुकाएर लाँदै गरेको अवस्थामा उक्त सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

    रसुवाबाट नुवाकोट हुँदै धादिङको गल्छीबाट गजुरीतर्फ गइरहेको समयमा रसुवाको उत्तरगया गाउँपालिका–२ का २७ वर्षीय सञ्जीव वाइबा, नुवाकोटको तारकेश्वर गाउँपालिका–५ बस्ने २४ वर्षीय विकास तामाङ र त्यही ठाउँका अर्का एक युवक रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार