Online Nepal आइतबार, जेष्ठ ६ २०८१

वैदेशिक रोजगारीमा ठगिएका पाँच जनाले क्षतिपुर्ति पाए

वैदेशिक रोजगारीमा ठगिएका पाँच जनाले क्षतिपुर्ति पाए


मध्यान्तर
  • बुधबार, पुष २५ २०७५

  • काठमाडौं । वैदेशिक रोजगारीमा जाने अधिकांस युवाहरु ठगिने गरेका छन् । उनीहरुलाई नेपालबाट पठाउने कम्पनीहरुले ठग्ने गरेका छन् । यहि कारणले अधिकांस युवाहरुले ज्यान समेत गुमाउने गरेका छन् ।

    यसैगरि बैदेशिक रोजगारीमा ठगिएको सप्तरीका पाँच युवाले क्षतिपूर्तिवापतको रकम पाएका छन् । क्षसितपुर्ति पाउनेमा जिल्लाको शम्भुनाथ नगरपालिका १२ अर्नाहाका राजेश कुमार सरदार, श्रीप्रसाद सरदार, भुपेन्द्रप्रसाद सरदार, रमानन्द सरदार र संजिव सरदार रहेका छन् । उनीहरुलाई रु १ लाख २५ हजार रुपैयाँका दरले क्षतिपूर्तिवापत ६ लाख ५० हजार रुपैयाँ दिइएको आप्रवासी श्रोत केन्द्र राजविराजले जनाएको छ ।

    आप्रवासी श्रोतका अनुसार उनीहरुलाई स्थानीय सुरेन्द्र प्रसाद साहले मलेसिया पठाउने भन्दै ठगी गरेका थिए । साहले नेपालमा फर्निर्सिङ कार्पेन्टरको कामको लागि भनेर मलेसियामा काठ चिर्ने काममा लगाएको पीडितहरुले बताएका छन् ।

    नेपाल फर्किएपछि उनीहरुले सुरक्षित आप्रवासन सम्बन्धी सूचना तथा परामर्श केन्द्रमा घटनाको बारेमा जानकारी गराएका थिए । त्यही जानकारीको आधारमा केन्द्रले निरन्तर पहल गरेर प्रत्येक पीडितहरुलाई रकम फिर्ता गरेको आप्रवासी श्रोतले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार