Online Nepal शनिबार, जेष्ठ ५ २०८१
चालकबीनै चल्ने बस

जापानले सञ्चालन ल्यायो चालकबीनै चल्ने बस (भिडियो सहित)

जापानले सञ्चालन ल्यायो चालकबीनै चल्ने बस (भिडियो सहित)


मध्यान्तर
  • बिहिबार, माघ १० २०७५

  • काठमाडौं । प्रविधि क्षेत्रमा उच्च स्थान हासिल गरिसकेको जापानले चालकबीनै चल्ने बस सञलनमा ल्याएको छ । यो प्रविधिको नविन अनुभव हो ।

    जापानको टोकियोमा सन् २०२० मा हुन गईरहेको ओलम्पिक्समा आउने पाहुना तथा खेलाडीहरुलाई सहयोग गर्न यस्ता बसहरु सञ्चालनमा ल्याएको हो । जापान विमानस्थल अवतरण गर्ने खेलाडी तथा अधिकारीहरूलाई यिनै बसहरु मार्फत उनीहरुपुग्ने स्थानमा लगिने जनाईएको छ ।

    टोकियोको हानिदा अन्तर्राष्ट्रिय विमानस्थलसहित मुख्य हबहरुमा यतिबेला यात्रु राखेरै एशियाकै अग्रणी यो देशले चालकबिहीन बहसहरुको सघन परीक्षण गरिरहेको छ। जापानी राष्ट्रिय ध्वजाबाहक अल निप्पोन एयरवेज (एनएनए)सहित ६ वटा कम्पनीहरुले १० दिनसम्म सञ्चालन हुने परीक्षण गत हप्ता आरम्भ गरेका हुन्। परीक्षण भएका बसहरुमा मान्छे राखेरै सञ्चालन गर्न थालिएको छ।

    सुरुमा चालक सिटमा चालक राखिएको थियो। यद्यपि ती चालकले बस सञ्चालन गर्दैनथे। दुर्घटना हुने सम्भावित अवस्थालाई ध्यानमा राख्दै उनीहरुलाई राखिएको थियो। सफल परीक्षणपछि चालकबिनै बस सञ्चालन सुरु गरिएको हो। यद्यपि यो परीक्षणकै एउटा पाटो हो।

    सन् २०२० को ओलम्पिक्स टोकियोले आयोजना गर्दैछ। सन् २०२० को जुलाइ २४ देखि अगस्ट ९ सम्म सञ्चालन हुने सो विश्वस्तरीय प्रतियोगितामा जापानले यी चालकरहित बस सञ्चालन गर्ने अपेक्षा गरेको छ।

    ‘टोकियो ओलम्पिक्समा आउने पाहुनाहरुलाई यी चालकरहित बसबाट सेवा प्रदान गर्ने हाम्रो लक्ष्य हो’, एनएनएका परियोजना प्रमुख तादाकात्सु यमागुची भन्छन्, ‘अहिलेसम्मको चालकबिहीन बस सेवा परीक्षण सफल देखिएको छ।’

    चालकबिहीन बसलाई जापानले ओलम्पिक्स पाहुनाका लागि मुख्य आकर्षण बनाउन चाहेको छ। पर्यटकलाई यी बसले आकर्षण गर्ने विश्वास लिइएको छ। जिपीएस सिस्टम जडान भएका यी बसहरु प्रतिघन्टा ३० किलोमिटरको गतिमा गुड्नेछन्।

    जापानको जनसंख्या घट्दो क्रममा छ। ‘घट्दो जनसंख्याले हामीलाई जनशक्तिको अभाव बढाउँदै लगेको छ। त्यसैले चालकरहित प्रविधिसहितको सवारी अवधारणामा जानु परेको परेको हो’, यामागुची भन्छन्, ‘हामी थोरै स्टाफ राखेरै यस्ता सवारी साधनको प्रभावकारी सञ्चालनको सुनिश्चितता दिन सक्छौं।’ (एजेन्सी)

    प्रतिक्रिया
    थप समाचार