Online Nepal शनिबार, जेष्ठ ५ २०८१

काठमाडौं जिल्ला संघ तेक्वान्दो प्रतियोगिता सम्पन्न

काठमाडौं जिल्ला संघ तेक्वान्दो प्रतियोगिता सम्पन्न


मध्यान्तर संवाददाता
  • शुक्रबार, साउन १८ २०७५

  • काठमाडौं । राष्ट्रिय तेक्वान्दो संघ नेपाल काठमाडौं जिल्ला कार्य समितीले तेक्वान्दो प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा विभिन्न तौल समुहका महिला खेलाडिहरुको सहभागिता रहेको थियो ।

    उक्त कार्यक्रमको बुढानिलकण्ठ नगरपालिका मेयर उद्धब प्रसाद खरेलको प्रमुख अतिथ्यता रहेको थियो । बिशेष अतिथिमा काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने, राष्ट्रिय तेक्वान्दो संघ नेपालका महासचिव राजकुमार कार्की , लगायत तेक्वान्दो, प्रशिक्षक र खेलाडीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता राष्ट्रिय तेक्वान्डो संघ काठमाडौं जिल्लाका अध्यक्ष विजय महत रहेका थिए ।

    प्रतियोगितामा बिभिन्न महिला तौल समुहमा खेल खेलाइएको थियो । जसमा महिला तौल समुह ४०-४३ सम्ममा प्रथम आंग देकु दितीय अनिशा खड्का भईन । महिला तौल समूह ४४(४६ सम्ममा प्रथम गङ्गा कार्की दितीय क्रिताका श्रेष्ठ भइन् । त्यस्तै गरि महिला तौल समूह ४७-५० सम्ममा प्रथम अनिसा बुढाथोकी र दोस्रो स्थान रस्मिता खड्का भएकी थिइन् ।

    त्यस्तै गरि महिला तौल समूह ५०-५२ सम्ममा प्रथम पुष्पा राइ दोस्रो सजिना श्रेष्ठ भएकी थिइन् भने महिला तौल समूह ५४-५७ सम्ममा प्रथम समर्पन राइ भएकी थिइन् । त्यस्तैगरि महिला पुम्से जुनियर तर्फ प्रथम पुष्पा राई र दितीय गङ्गा कार्की भएकी थिइन् ।

    प्रतियोगीता आयोजना गर्नुको मुख्य उदेश्य खेलकुदमा महिलाहरुको सहभागितालाई बढाउनु र उनिहरु पनि खेलकुदमा अब्वल छन् भन्ने देखाउनु रहेको जन चेतना नेपालका अध्यक्ष एवं राष्ट्रिय तेक्वान्दो संघ काठमाडौं जिल्लाका उपाध्यक्ष बालकृष्ण निरौलाले बताए । यस्ता प्रतियोगिताले खेलाडिले आफूलाई अब्वल रहेको प्रमाणित गर्न र शारीरिक एवं मानसिक विकासको लागि पनि महत्वपूर्ण भूमिका खेल्ने बताए । निरौलाले यस्ता प्रतियोगिता काठमाडौं मात्रै नभएर देशका विभिन्न भागमा आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए । जनचेतना नेपालको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।

    प्रतिक्रिया
    थप समाचार