Online Nepal शुक्रबार, बैशाख २१ २०८१

नेप्सेमा सामान्य गिरावट

नेप्सेमा सामान्य गिरावट


मध्यान्तर
  • सोमबार, असोज १८ २०७८

  • काठमाडौं । सातको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य गिरावट भएर बन्द भएको छ । सोमबार नेप्से ६.६८ अंकले गिरावट हुँदा २५७०.८१ अंकमा बन्द भएको छ ।

    नेप्सेसँगै कारोबार रकममा पनि सुस्तता आएको छ । आज नेप्सेमा ७६ लाख ५३ हजार २२० कित्ता सेयर खरद बिक्री हुँदा ३ अर्ब ६२ करोड ७८ लाखको कारोबार भएको छ । आज नेप्सेमा बजारलाई लिड गर्ने बैंकिङसहितका अधिकांस उपसूचक गिरावट हुँदा होटेल तथा पर्यटन, अन्य लघुवित्त र जीवन बिमा उपसूचक भने बढेको छ ।

    लघुवित्त उपसूचकमा सर्वाधिक १.४७ प्रतिशले वृद्धि हुँदा अन्य उपसूचक १।२९ प्रतिशतले, होटल तथा पर्यटन उपसूचक ०.४३ प्रतिशत र जीवन बिमा उपसूचक ०.०४ प्रतिशतले बढेको छ ।

    यता, वित्त कम्पनी उपसूचकमा सर्वाधिक २.४७ प्रतिशतका गिरावट हुँदा हाइड्रोपावर उपसूचक २.४ प्रतिशत, विकास बैंक उपसूचक १.८७ प्रतिशत र बैंकिङ उपसूचक ०.२१ प्रतिशतले गिरावट भएको छ ।

    आज नेप्सेमा युनायटेड मोदी हाइड्रोपावरको सर्वाधिक १२ करोडको कारोबार हुँदा नेपाल बैंकको ११ करोड, हिमालयन डिस्टिलरीको १० करोड, नेशनल हाइड्रोपावरको साढे ९ करोड र रैराङ हाइड्रोपावरको ९ करोडभन्दा माथिको कारोबार भएको छ ।

    बजार पवरिसूचक र कारोबार रकम लगातार घटिरहेको बजारमा आज १८६ कम्पनीको सेयर कारोबारमा आएकोमा १०९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ६९ कम्पनीको मूल्य बढेको छ ।

    यस्तै, ८ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ । आज कारोबारमा आएकामध्ये आशा लघुवित्त, मैलुङखोला जलविद्युत कम्पनी र सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा मिथिला लघुवित्तको सेयरमूल्य ९.८३ र महिला लघुवित्तको सेयरमूल्य ९.०८ प्रतिशतले बढेको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार