Online Nepal मंगलबार, जेष्ठ १ २०८१

लिवियाको आप्रवासी हिरासत केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु, ८ जनालाई नेपाल फर्काइयो

लिवियाको आप्रवासी हिरासत केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु, ८ जनालाई नेपाल फर्काइयो


मध्यान्तर
  • बिहिबार, असार १९ २०७६

  • काठमाडौं । लिवियाको आप्रवासी हिरासत केन्द्रमा भएको आक्रमणमा एक नेपालीको ज्यान गएको पुष्टि भएको छ ।

    कायरोमा रहेको नेपाली दूतावासका अनुसार, आक्रमणमा सन्तोष श्रेष्ठको मृत्यु भएको हो । आप्रवासीहरुको अन्तराष्ट्रिय संगठन आईओएमले जनाएअनुसार आक्रमणमा घाइते उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको स्थायी ठेगाना कहाँ र उनी कसरी लिबिया आइपुगे भन्ने खुलेको छैन । कायरोस्थित नेपाली दूतावासका अनुसार, यसबारे अनुसन्धान भइरहेको छ । लिबियाको राजधानी त्रिपोलीको पूर्वी क्षेत्रमा रहेको आप्रवासी हिरासत केन्द्रमा मंगलबार हवाई आक्रमण भएको थियो । आक्रमणमा ४० जनाको ज्यान गएको थियो भने ८० भन्दा बढी घाइते भएका थिए ।

    दूतावासका अनुसार आइओएम, लिबियाले दुई दिनअघि श्रेष्ठसँग सम्बन्धित ट्राभल डकुमेन्ट माग्दै पत्राचार गरेको थियो । पत्राचारपछि दूतावासले उनको कागजात इमेलमार्फत आईओएम इजिप्टलाई पठाएको थियो । आप्रवासी हिरासत केन्द्रमै अन्य १४ नेपाली पनि थिए । तर, उनीहरुको भने ज्यान जोगिएको छ । दूतावासका अनुसार ८ जनालाई टर्की हुँदै नेपाल फर्काइसकिएको छ भने ६ जनालाई फर्काउने प्रयास भइरहेको छ । ६ जना अझै त्रिपोलीस्थित आईओएमको क्याम्पमा रहेका छन् । पछिल्लो २ महिनामा २६ नेपालीलाई उद्धार गरेको नेपाल फर्काइएसकिएको छ ।

    मानव तस्करहरुले इटाली र्पुयाउनका लागि लिबियाको मार्ग प्रयोग गर्ने गरेका छन् । लिबियामा खटिएका नेपाली शान्ति सेनाले मानव तस्करको जालमा परेर आइपुगेकालाई सहायता गर्दै आएको छ । पुर्‍याउनका लागि लिबियाको मार्ग प्रयोग गर्ने गरेका छन् । लिबियामा खटिएका नेपाली शान्ति सेनाले मानव तस्करको जालमा परेर आइपुगेकालाई सहायता गर्दै आएको छ ।

    प्रतिक्रिया
    थप समाचार