Online Nepal शनिबार, जेष्ठ ५ २०८१

आठ लाख कर्मचारीको तलब रोकियो

आठ लाख कर्मचारीको तलब रोकियो


मध्यान्तर
  • शनिबार, पुष २८ २०७५

  • काठमाडौं । सरकार सम्हालेको पार्टि र विपक्षि पार्टिबीच विवाद हुँदा करिब ८ लाख कर्मचारीको तलब रोकिएको छ । दुई पार्टिका सांसदहरुबीचको विवाद नरोकिएका कारण बजेट पास हुन सकेन ।

    जसका कारण कर्मचारीहरुको तलब रोकिएको छ । यो घटना अमेरिकाको हो । अमेरिकाका सन् २०१९ को पहिलो महिना जनवरीमै करिब ८ लाख अमेरिकी कामदारको तलब रोकिएको हो। अमेरिकी संसद कंग्रेसमा सरकार सम्हालेको दल रिपब्लिकन र डेमोक्रेटिक पार्टीबीच विवाद हुँदा कामदारको तलब रोकिएको हो।

    अमेरिकी संसदमा यो विवाद विगत २२ दिनदेखि जारी छ। यो सँगै अमेरिकी संसदमा बजेट अड्किएको यो सबैभन्दा लामो घटना हुन पुगको छ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमानामा पर्खाल निर्माण गर्ने विषय बजेटमा नसमेटिएसम्म बजेट पारित नगर्ने अडान लिएपछि विवाद सुरु भएको हो। उता प्रतिपक्षी दल डेमोक्रेट भने सीमानामा पर्खाल बनाउन बजेट छुट्याउने पक्षमा देखिएको छैन।

    राष्ट्रपति ट्रम्पले सीमा पर्खाल बनाउन ५ अर्ब ७० करोड डलर बजेट छुट्याएका छन्। तर डेमोक्रेटले यो प्रस्ताव अस्वीकार गर्दै आएका छन्।

    बजेट अड्किएपछि जेलका सुरक्षाकर्मी, विमानस्थलका कर्मचारी र जासुसी संस्था एफबिआईका कर्मचारीलगायतको तलब रोकिएको हो। गत शुक्रबार उनीहरुले तलब बुझ्न पाएनन्।

    अमेरिकी संसद्‍ कंग्रेसमा यो विवाद चाँडै समाधान हुने विश्वास लिएको राष्ट्रपति ट्रम्पले बताउँदै आएका छन्। ुयदि डेमोक्रेट पार्टीले बजेट पारित गर्न सहयोग नगरे मैले राष्ट्रिय संकट घोषणा गर्नेछु। मसँग त्यो अधिकार पनि छ,ु राष्ट्रपति ट्रम्पले भने। तर डेमोक्रेट पार्टीका प्रतिनिधिहरुले भने त्यसो गरिएको खण्डमा गम्भीर कानुनी चुनौती खडा हुने चेतावनी दिएका छन्।

    यसअघि पूर्वराष्ट्रपति बिल क्लिन्टनका पालामा सन् १९९५(९६ मा २१ दिनसम्म संसदमा बजेट अड्किएको थियो।
    (बिबिसी)

    प्रतिक्रिया
    थप समाचार