Online Nepal शनिबार, जेष्ठ ५ २०८१

गरिबको खातामा लाखौ रुपैया जम्मा, सरकारले पठाएको हुसक्ने अनुमान

गरिबको खातामा लाखौ रुपैया जम्मा, सरकारले पठाएको हुसक्ने अनुमान


मध्यान्तर
  • बुधबार, माघ २ २०७५

  • काठमाडौं । एकाएक १५० जना गरिबको खातामा लाखौ रुपैया जम्मा भएको छ । यसले ति मानिसहरुलाई चकित पारेको छ ।

    यसरी खातामा पैसा जम्मा भएपछि सरकारले पठाएको हुनसक्ने अनुमान गरिएको छ । तर, अहिले सम्म कसले पठायो भन्नेमा सबै अञ्जान भएका छन् । यो घटना भारतको पश्चिम बंगाल राज्यको बर्धमान जिल्लाको हो । यहाँका १५० भन्दा बढी गरिबको खातामा २ हजारदेखि २४ हजार रुपैयाँका हिसाबले करिब लाखौ रुपैया जम्मा भएको छ ।

    खातामा रहस्यमय तरिकाले रकम जम्मा हुन थालेपछि ग्राहक त खुसी भएका छन् नै, तर बैंक व्यवस्थापनलाई यस घटनाले पसिना छुटाएको छ । पैसा कहाँबाट जम्मा भयो भन्ने विषयमा बैंक कर्मचारीलाई हैरान बनाएको छ ।

    बैंक अधिकारीहरु यो सब रकम एक्सिस बैंकबाट एनईएफटीमार्फत् जम्मा भएको हुनसक्ने बताएका छन् । स्टेट बैंक अफ इन्डियाको कटवा शाखा प्रबन्धक धर्मदास मण्डलका अनुसार जनवरी १ का दिन सबै पैसा जम्मा भएको हो ।

    तर, अहिलेसम्म यो खुलेको छैन कि, पैसा किन र कसरी ती व्यक्तिको खातामा जम्मा हुन पुग्यो । गएको २ दिनमा बैंकमा यसरी पैसा जम्मा भएको खबर सबैतिर आगोझैं फैलिएपछि बैंकमा आफ्नो खाता जाँच गर्नेको भीड लागेको छ ।

    यतिमात्र नभई पैसा गुमनाम हुने भयले कतिपयले आफ्नो खाताको पैसा निकाल्न समेत थालेका छन् । स्थानीय विधायक शाहनवाज हुसैनले कुनै स्किमका कारण पैसा आएको हुनसक्ने आशंका गरेका छन ।

    यसका साथसाथै उनले ‘मोदी सरकारले १५ लाख रुपैयाँ बैंकमा जम्मा गर्नुपर्ने भनेको थियो । चुनाव नजिकै आउँदैछ । हुनसक्छ, गुपचुप रुपम पैसा पठाउन पो थालियो कि ?’

    प्रतिक्रिया
    थप समाचार