Online Nepal शनिबार, जेष्ठ ५ २०८१

होस्टेलमै बच्चा जन्माईन ८ कक्षामा अध्यायनरत १४ बर्षीया छात्राले, अन्य २ जना गर्भवती रहेको खुलासा

होस्टेलमै बच्चा जन्माईन ८ कक्षामा अध्यायनरत १४ बर्षीया छात्राले, अन्य २ जना गर्भवती रहेको खुलासा


मध्यान्तर
  • सोमबार, माघ ७ २०७५

  • काठमाडौं । होस्टेलहरु अव्यवस्थित हुदा अधिकांस बालबालिका तथा युवाहरु विग्रि रहेका हुन्छन् । अभिभावकहरुले आफ्ना केटाकेटीलाई आफुले समय दिन नसकेपछि होस्टेलमा राख्ने गर्छन् । आफ्ना समय नहुने भएकाले उनीहरु विग्रिन सक्ने कारणले होस्टेलमा राख्छन् । ति होस्टेलहरु अव्यवस्थित हुदा, बालबालिकाहरु झन विग्रिन जान्छन् ।

    यस्तै एउटा घटना भारतको एउटा होस्टलमा घटेको छ । भारतको उडिशा राज्यस्थित सरकारी विद्यालयको छात्रावासमा रहेर अध्यायन गरिरहेका तीनजना छात्रा गर्भवती भएको खबर सार्वजनिक भएको छ ।

    यतिमात्र हैन एक जना छात्राले त होस्टेलमै बच्चा जन्माएकी छन् । ओडिसाको ढेन्कनाल जिल्लाको सप्तसजायस्थित एक स्कुलको छात्रावासमा कक्षा ८ मा पढ्ने छात्रा गर्भवती भएको कुरा स्कुलका प्रधानाध्यापकले प्रहरीलाई बताएपछि घटना बाहिर आएको थियो ।

    प्रहरीले छात्रामाथि अनुसन्धान सुरू गरिएको र उनको बयानअनुसार एक युवकलाई पक्राउ गरिएको जनाएको छ । यसअघि भारतकै कन्धमाल जिल्लाको एक स्कुलको होस्टेलमा १४ बर्षीया छात्राले बच्चालाई जन्म दिएकी थिइन् । (एजेन्सी)

    प्रतिक्रिया
    थप समाचार