Online Nepal शनिबार, जेष्ठ ५ २०८१

विश्वको आधा सम्पत्ति यि २६ जनाको कब्जामा

विश्वको आधा सम्पत्ति यि २६ जनाको कब्जामा


मध्यान्तर
  • बुधबार, माघ ९ २०७५

  • काठमाडौं । विश्वको आधा सम्पत्ति यि २६ जनाको कब्जामा रहेको छ । यिनिहरुले हाल सम्म विश्वको आधा सम्पत्ति हासिल गरिसकेको छन् ।

    भारतिय पाक्षिक पत्रिका समकालका सम्बाददाता शितल पी शाहाको रिपोर्ट अनुसार उनीहरुस्ंग करिब ३०८० सम्पत्ति रहेको खुलासा भएको छ । सन् २०३० सम्ममा यिनिहरुले विश्वको दुई तिहाई मान्छेहरुको हैसियत केवल २६ जनाले मात्र पैसा पाउने छन् ।

    यस्तै यो रिपार्टमा उनीहलाई ट्याक्स पनि कम लगाईएको जनाईएको छ । रिपोर्टमा भनिएको छ्, ट्याक्सका कारण सर्वसाधारणलाई लुटिन्छ । तर, यिनीहरुलाई ट्याक्स छुट दिईएको छ ।

    विकाशको सबैभन्दा धेरै फाईदा यहि कारण गरिबलाई भन्दा धनीहरुलाई हुने गरेको रिपोर्टमा बताईएको छ । यहि कारणले धनी झन धनी बन्दै गईरहेको छ भने गरिब अझ गरिब बनि रहेको छ ।

    यो रिपोर्ट डावोसमा भएको ईकनोमिक्स फोरम बैठक भन्दा पहिले अक्सपमले योरिपोर्ट पेश गरेका थिए । रिपोर्टमा २०१८ धनिहरुको वर्ष रहेका जनाईएको छ । यो वर्ष खरबपतिहरुको लागि मात्र भएको जनाईएको छ । यहि कारण धनी र गरिबबीचको असमाता बढेको स्पष्ट पारिएको छ ।

    रिपोर्ट अनुसार धनीहरुलाई एक प्रतिशत पनि सम्पत्ति कर लगाउन हो भने करिब ४१८ मिलिएन डलर पाईन्छ । यो पैसाले विश्वभरिका केटाकटीहरुलाई शिक्षा र स्वास्थ्यको व्यवस्था गर्न सकिन्छ । यसले तिस लाख मानिसहरुको अकालमै मर्न बाट बचाउन सकिन्छ ।

    विश्वमा सन् २००८ सालमा आर्थिक सुनामी आएको थियो । त्यसपछि १० वर्ष सम्म गरिब अधिक गरिब बने र धनी अझ धनी बन्दै गए । यहि कारणले खरबपतिहरुको संख्या दुई गुणाले बृद्धि भयो । यसमा दक्षिण कोरिया, जापान, थाईल्याण्ड र एसियन धेरै देशहरुमा लगभग एक तिहाई संपत्ति खत्तम भयो ।

    प्रतिक्रिया
    थप समाचार