Online Nepal शनिबार, जेष्ठ ५ २०८१

विदेशी मुद्रा तस्करी आरोपमा मुछिए अलि खान

विदेशी मुद्रा तस्करी आरोपमा मुछिए अलि खान


मध्यान्तर
  • बिहिबार, माघ १७ २०७५

  • काठमाडौं । पाकिस्तानी गायक राहत फतेह अलि खानलाई विदेशी मुद्रा तस्करीको आरोप लागेको छ । उनले विदेशी मुद्रा तस्कर गर्ने गरेको आरोप लागेको हो ।

    उनले विदेशी मुद्रा तस्करी गरेको भन्दै भारतको प्रवर्तन निर्देशनालयले सोमबार फरेन एक्सचेञ्ज म्यानेजमेन्ट एक्ट (फेमा)ले सुचना पठाएर जवाफ मागेको छ।

    यो मुद्दा दुई करोड विदेशी मुद्रासँग जोडिएको छ। निर्देशनालयका अधिकारीका अनुसार यो सूचना सन् २०११ मा दिल्लिको इन्दिरा गान्धि इन्टरनेशनल एयरपोर्टमा राहतसहित फेला परेको थियो। यो रकम डलरमा थियो। तर राहतसँग अहिलेसम्म विदेशी मुद्रा सम्बन्धित केही पनि कुराहरु जोडिएको थिएन।

    भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार, खानले ३ लाख ४० हजार अमेरिकी डलर कमाएका छन्। यसमा उनले दुई करोड, २५ हजार डलर तस्करी गरेका हुन्। गायक खानको जवाफबाट निर्देशनालय सन्तुष्ट भएन भने उनलाई २ लाख २५ हजारको तीनसय प्रतिशतको दरले जरिवाना दिनुपर्ने हुन्छ।

    यदि जरिवाना तिर्न मानेनन् भने उनको विरुद्धमा ‘लुकआउट नोटिस’ जारी हुन्छ। -एजेन्सी

    प्रतिक्रिया
    थप समाचार