Online Nepal शनिबार, जेष्ठ ५ २०८१

जापानमा कामदारको अभाव

जापानमा कामदारको अभाव


मध्यान्तर
  • शुक्रबार, माघ १८ २०७५

  • टोकियो । जापानमा कामदार अभाव रहेको छ । हरेक वर्ष न्युन मात्रामा कामदारको कमि हुने जापानमा यो वर्ष ठुलो अनुपातमा कामदार आवश्यकता रहेको छ ।

    गत वर्षको औसतमा हरेक सय जना रोजगारीको खोजीमा रहेका व्यक्तिका लागि १६१ वटा रोजगार उपलब्ध थिए ।

    यो संख्या सन् १९७३ यताकै सबैभन्दा ठूलो अनुपात हो । विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापनमा बुढ्यौली उमेरका व्यक्तिको जनसंख्या बढ्दै गएपछि श्रमिकको अभाव भएको अध्ययनहरुले देखाएका छन् ।

    श्रम मन्त्रालयद्वारा शुक्रबार प्रकाशित पछिल्लो विवरणमा गएको डिसेम्बरमा यो अनुपात अझ बढी थियो । हरेक १०० जनाका लागि औसतमा १६३ वटा रोजगार उपलब्ध थिए ।

    धेरै वर्षदेखि जापानको श्रम बजारमा कामदारको अभाव अनुभव हुन थालेको थियो । जापानमा हाल बुढ्यौली उमेरका व्यक्तिको जनसंख्या बढ्दैछ भने न्यून जन्मदरले पनि समस्या निम्त्याएको छ ।

    मुलुकको बेरोजगारी दर पनि गएको डिसेम्बरमा निकै न्यून छ । मन्त्रालयका अनुसार अघिल्लो महिनाको तुलनामा शून्य दशमलब १ प्रशितले बेरोजगारी दर घटेर २ दशमलब ४ प्रतिशत भएको छ ।

    जापानको अर्थतन्त्र गएको वर्ष सेप्टेम्बर अघिका केही महिना केही सुस्त देखिए पनि हाल निकै सुधार भएको छ । पटक–पटकको प्राकृतिक प्रकोपका कारण उपभोग्य वस्तुको खरिद र निर्यात दुवैमा असर परेको थियो ।

    तर विश्लेषकहरुले विश्व अर्थतन्त्रमै सुधार आएका कारण गएको वर्षको अन्तिममा अर्थतन्त्रमा सुधार भएको बताएका छन् ।

    प्रतिक्रिया
    थप समाचार