Online Nepal शनिबार, जेष्ठ ५ २०८१

नेपाल र भूटान भारतीय भूभागः ट्रम्प

नेपाल र भूटान भारतीय भूभागः ट्रम्प


मध्यान्तर
  • आइतबार, माघ २० २०७५

  • काठमाडौं । नेपाल र भुटा भारतिय भु भाग भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाएका छन् । उनले यि भु भागलाई भारतीय भूभाग ठान्ने गरेको बताएका हुन् ।

    ट्रम्पले अमेरिकी गुप्तचरहरूको एउटा समूहलाई दिएको ब्रिफिङका गर्ने क्रममा नेपाल नेपाल र भूटान भारतीय भूभाग हुन् भनेका थिए । ट्रम्पले नेपाल र भूटानलाई भारतीय भूभाग भनेपछि उनका सल्लाहकारहरूले दक्षिण एसियाको नक्सा मगाए सम्झाएको बताइएको छ। उनलाई सल्लाहकारहरूले अफगानिस्तानदेखि बंगलादेशसम्मको भूभाग देखाएर नेपाल र भूटान स्वतन्त्र राष्ट्र हुन् भनी सम्झाएको टाइम म्याग्जिनले गुप्तचर समूहका अधिकारको भनाइ उद्धृत् गर्दै उल्लेख गरेको छ।

    टाइम म्याग्जिनको अनलाइन संस्करणमा भनिएको छ, ‘संसदहरू (कंग्रेसहरू)को ब्रिफिङका क्रममा ट्रम्पका सल्लाहकारहरूले दक्षिण एसियाको नक्सा ल्याएर अफगानिस्तनदेखि बंगलादेशसम्मका क्षेत्र देखाए। ट्रम्पले नक्सामा देखाउँदै नेपाल भारतको भूभाग थियो भनेपछि सल्लाहकारहरूले नेपाल स्वतन्त्रण मुलुक हो भनी सम्झाए। त्यसो भए भूटान भारतको भूभाग थियो त भनि सोधे। त्यसपछि भूटान स्वतन्त्रण राज्य हो भनि बताए।’

    यसअघि ट्रम्पले नेपाल र भूटानको उच्चार गर्न नजानेर अन्यथा भनेका थिए। उनले २०१७ को अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमण अघिको एक ब्रिफिङका क्रममा नेपाललाई ‘निप्पल’ र भूटानलाई ‘भुट्टोन’ भनेका पोलिटिको अनलाइन संस्करले लेखेको थियो। एजेन्सी

    प्रतिक्रिया
    थप समाचार