Online Nepal शनिबार, जेष्ठ ५ २०८१

भेनेजुएलामा ट्रम्पले नाकाबन्दि गरे रक्ताम्य हात लिएर ह्वाइट हाउस छाड्नुपर्ने अवस्था आउनेः मादुरो

भेनेजुएलामा ट्रम्पले नाकाबन्दि गरे रक्ताम्य हात लिएर ह्वाइट हाउस छाड्नुपर्ने अवस्था आउनेः मादुरो


मध्यान्तर
  • सोमबार, माघ २१ २०७५

  • काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले भेनेजुयलालाई नाकाबन्दि गरे रक्ताम्मे हात लिएर ह्वाईट हाउस छाड्नु पर्ने चेतावनी दिएका छन् । स्पेनको एक टेलिभिजनमा अन्तर्वाता दिने क्रममा मदुरोले आफ्नो देश गृहयुद्धमा होमिने वा नहोमिने विषय अमेरिका र उसका मित्रशक्तिका क्रियाकलापमा निर्भर रहने समेत बताएका छन्।

    भेनेजुयलामाथि हुने कुनैपनि हस्तक्षेप आफूलाई स्वीकार्य नभएको जनाउँदै मदुरोले प्रतिरक्षाका लागि आफ्नो देश तयार रहेको बताएका हुन्। विपक्षी नेता जउन गुएइदोले भने एक अन्तर्राष्ट्रिय गठबन्धन तयार पारेर देशभित्र मानवीय सहायता भित्र्याइने दाबी गरेका छन्।

    स्वघोषित कार्यकारी राष्ट्रपति गुएइदोले जननिर्वाचित राष्ट्रपति मदुरोलाई सत्ता छोड्न दबाब जारी राख्ने बताएका छन्। तर राष्ट्रपति मदुरोले भेनेजुएलामा हस्तक्षेप गर्न खोजेको भन्दै अमेरिका र उसका मित्रशक्तिको कडा आलोचना गरेका छन्।

    गत महिना गुएइदोले आफूलाई भेनेजुएलाको कार्यकारी राष्ट्रपति घोषणा गरेका थिए। जसलाई अमेरिकालगायत अन्य देशले समर्थन गरेका थिए। त्यसपछि सत्ताको लागि भने भेनेजुयलामा राजनीतिक संकट चुलिँदै गएको छ।

    राष्ट्रपति मदुरोले विदेशी चलखेल गराएर गुएइदोले आफ्नो सत्ता हत्याउन खोजेको आरोप लगाएका छन्। उनले सहयोगको बहानामा सैन्य हस्तक्षेप गर्न खोजेको भनी अमेरिकाको सहयोग बहिष्कार गर्ने बीबीसी ले लेखेको छ। अमेरिकाले भेनेजुयलाका राष्ट्रपति मदुरोले मुलुकका समस्यासँग जुध्न नसकेको आरोप लगाएको छ।

    मदुरोका विरोधीलाई अमेरिकाले सहयोग पनि गरिरहेको छ। उसले भेनेजुयलामा मानवअधिकार हनन भएको पनि दाबी गरेको छ। भेनेजुयला विश्व शक्तिराष्ट्र चीन र रुसतिर ढल्केकाले अमेरिकाले हस्तक्षेप गरिरहेको विश्लेषण पनि हुने गरेको छ। रुसले भेनेजुयलामा सैन्य अखडा तयार गरिरहेको तथा अर्बौंको सैन्य सहयोग गर्न रुस र चीन तयार रहेकाले पनि अमेरिकाले त्यहाँको सत्ता परिवर्तन गर्न लागेको बताइएको छ।-एजेन्सी

    प्रतिक्रिया
    थप समाचार