Online Nepal शनिबार, जेष्ठ ५ २०८१

उत्पीडनकै कारण डाक्टरले गरिन् आत्महत्या, श्रीमानलाई शव नछुन अनुरोध

उत्पीडनकै कारण डाक्टरले गरिन् आत्महत्या, श्रीमानलाई शव नछुन अनुरोध


मध्यान्तर
  • सोमबार, माघ २१ २०७५

  • काठमाडौं । उत्पिडनका कारण दैनिक सयौ मान्छैहरुले विश्वमा ज्यान गुमाई रहेका हुन्छन् । कोहि आफुले जागिर गर्ने स्थानमा गरिने दबाबका कारण आत्मा हत्या गरेका हुन्छन् भने कोहिले परिवारकै दबाबका कारण आत्माहत्या गरेकी हुन् ।

    यो घटना भारत गुजरातको हो । गुजराता एक जना महिला डाक्टरले आफ्नै घरमा आत्महत्या गरेकी छन् । उनले आफु उत्पिडनमा परेर दिक्क भएर आत्माहत्या गरेका बताएकी छिन् ।

    छानबिनको लागि खटिएका प्रहरीले उनको कोठाबाट एकपत्रसमेत बरामद गरेको छ । पत्रमा महिलाले आफ्नो शवलाई पतिले हात नलगाउन र अन्तिम संस्कारमा समेत सहभागी नहुनको भनेकी छन् । प्रहरीले यस घटनाको अनुसन्धान गरिरहेको छ ।

    यो घटना भारतको सुरतको थाना क्षेत्रको हो । २९ वर्षीया डाक्टर मनाली पटेलको विवाह ६ वर्षपहिला डाक्टर चिन्तन पटेलको साथमा भएको थियो । उनी पतिको साथमा शिवकुटीर क्षेत्रमा बस्थिन् । मृतक पटेल एक अस्पतालमा काम गर्थिन् भने उनका पति डा। चिन्तन अर्को अस्पतालमा काम गर्थिन् । दुवैबीचको सम्बन्धमा केहि समयदेखि समस्या उत्पन्न भईरहेको भारतीय टेलिभिजन आजतकको अनलाईन संस्करणले उल्लेख गरेको छ ।

    डा मनाली उनको घरबाट एकदमै समस्यामा थिइन् । उनलाई घरका सदस्यहरुले मानसिक तनाव दिने गरेको समाचारमा बताईएको छ । उनीहरुले लगातार पतिसँग सम्बन्ध बिच्छेदको लागि दबाब दिईरहेका थिए । यसकारण मनाली एकदमै दुखिद थिइन् । गत शुक्रबार मनालीले आफनै कोठाको पंखामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

    प्रहरीले शवलाई पोस्टमार्टमको लागि पठाएको छ । प्रारम्भिक रिपोर्टका अनुसार उनी हिंसामा परेको देखिएको छ । डा मनालीले सुसाइड नोट आफ्नो भाइलाई पनि ह्वास्टएपमार्फत पठाएकी थिइन् । तर भाईको मोवाइल स्वीच अफ भएकोले भाइले हेर्न पाएनन् । प्रहरीले मनालीको मोवाईल समेत बरामद गरेको छ र त्यसको पनि जाँच गरिरहेको छ ।

    प्रतिक्रिया
    थप समाचार