Online Nepal शनिबार, जेष्ठ ५ २०८१

सामाजिक सञ्जालले गरायो विवाह गरेको तीन मिनेटमै डिभोर्स

सामाजिक सञ्जालले गरायो विवाह गरेको तीन मिनेटमै डिभोर्स


मध्यान्तर
  • शुक्रबार, माघ २५ २०७५

  • काठमाडौं । विवाह जीवन बिताउनका लागि बाध्न्छि । विवाह गर्दा हरेकले सयौ जुनीसंगै हुने कसम खान्छन् । एक अर्काको सुख दुखमा साथ दिने बाचा बन्धनका साथ विवाह बन्धनमा बाँधिन्छन् ।

    दुनियाँमा कोहि मान्छेहरु यस्ता पनि हुन्छन् । जो बीचमै छोडेर जान्छन् । यदि उनीहरुले डिभोर्स गरेपनि बर्षौ पछि मात्र गर्छन् । तर, कुवेतमा एम जोडीको विवाह गरेको तीन मिनेटमै डिभार्स भएको छ ।

    कुबेतको ईतिहासमै यो विवाह कुवेतको सबैभन्दा कम समयको डिभार्स हुने विवाह भएको जनाईएको छ ।

    डेली मेलका अनुसार अदालतमा विवाहको सम्झौतामा हस्ताक्षर गरेर निक्लनेबित्तिकै बेहुलीले डिभोर्स गरेकी हुन् ।

    अदालतमा जाँदै गर्दा चिप्लिएपछि आफूलाई ‘बेवकुफ’ भन्दै जिस्काएपछि बेहुली रिसले चुर हुँदै न्यायाधीशसँग वैवाहिक सम्झौता खारेज गर्न माग गरेकी हुन् ।

    सामाजिक सञ्जालमा ती पुरुषले महिलाको आत्मसम्मानमा ठेस पुर्याएको भन्दै समर्थनमा महिलाको समर्थनमा उत्रिएका छन् । एकजना ट्विटरमा प्रतिक्रिया दिँदै लेख्छन्, ‘सुरुमै यस्तो व्यवहार गर्नेसँग छुट्टिनु नै उत्तम हुन्छ ।’-एजन्सी 

    प्रतिक्रिया
    थप समाचार