Online Nepal शनिबार, बैशाख २२ २०८१

प्रधानमन्त्री मोदी र अभिनेता अक्षयकुमारलाई दिया मिर्जाको यस्तो आरोप

प्रधानमन्त्री मोदी र अभिनेता अक्षयकुमारलाई दिया मिर्जाको यस्तो आरोप


मध्यान्तर
  • शुक्रबार, पुष ६ २०७५

  • काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बलिउडका चर्चित नायक अक्षय कुमारलाई एकैसाथ महिला विरुद्धको आरोप लागेको छ । उनीहरु दुबैलाई नायिका दिया मिर्जाले महिलाको बिषयमा गम्भीर नभएको आरोप लगाएकी हुन् ।

    मंगलबार अक्षयकुमारको नेतृत्वको बलिउड टोली प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न गएका थिए । सो क्रममा महिलाको उपस्थिती नभएको भन्दै मिर्जाले भारतीय चलचित्र क्षेत्रका बिषयमा भएको गम्भीर बहसमा पनि महिलाको उपस्थिति नभएकोमा आफू आश्चर्यमा परेको बताइन् । उनले ट्वीट गर्दै आफूहरुको सम्मानमा आँच आएको उल्लेख गरेकी छन् । मोदीसँगको भेटमा अक्षयकुमारको टोलीले जिएसटीको दर समान गर्नुपर्ने बताएका थिए ।

    सोही छलफलको तस्बिरलाई प्रधानमन्त्री नरेन्द्र मोदी र अक्षयकुमारले शेयर गरेका थिए । चलचित्र क्षेत्रको यति ठूलो भेटघाटमा आफूहरुको अनुपस्थिति राम्रो नभएको दियाको आरोप छ ।

    प्रतिक्रिया
    थप समाचार