Online Nepal शनिबार, बैशाख २२ २०८१

चलचित्र ‘रणवीर’को २२ लाख खर्चेर बनाईएको पहिलो गीत सार्वजनिक (भिडियो सहित)

चलचित्र ‘रणवीर’को २२ लाख खर्चेर बनाईएको पहिलो गीत सार्वजनिक (भिडियो सहित)


मध्यान्तर
  • आइतबार, पुष ८ २०७५

  • काठमाडौं । नेपाली चलचित्र ‘रणवीर’को पहिलो गीत सार्वजनिक भएको छ । करिब २२ लाख लगानीमा निर्माण गरिएको ‘तिरिमिरी तिरिमिरी तीन तारा’ बोलको गीत आईतबार रिलिज गरिएको हो । गीतमा राजनराज सिवाकोटीको शब्द ,संगीत तथा स्वर र गायिका अन्जु पन्तको स्वरमा रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको उक्त गीतमा चलचित्रका मुख्य कलाकारहरु सुशिल सिटौला, नव नायिका शुभेच्छा खड्का र सुपुष्पा भट्ट फिचरिङ छन् ।

    प्रेम कथामा निर्माण भएको चलचित्रमा सुशिल सिटौला, नव नायिका शुभेच्छा खड्का, सुपुष्पा भट्टका साथै प्रशान्त ताम्राकार, रवि गिरी, हरिहर शर्मा, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

    गीतको भिडियोमा १२५ जना कोरस कलाकारले नृत्य गरेका छन् । गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मीले निर्माण गरेको उक्त चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । चलचित्र यहि माघ १८ गते प्रदर्शन हुनेछ ।

    प्रतिक्रिया
    थप समाचार