Online Nepal बिहिबार, बैशाख २० २०८१

काउकुती लगाउन भोलीबाट हलहलमा ‘चौका दाउ’ (भिडियोसहित)

काउकुती लगाउन भोलीबाट हलहलमा ‘चौका दाउ’ (भिडियोसहित)


मध्यान्तर
  • बिहिबार, पुष २६ २०७५

  • काठमाडौं । नेपाली चलचित्रा पछिल्लो सयम एक पछि अर्को गर्दै चर्चामा आउने गरेका छन् । विभिन्न् खालका कला तथा विद्यामा चलचित्रहरु तयार पारिन्छन् । भोलीबाट बजार तताउन पुन हाँस्यप्रधान चलचित्र ‘चौका दाउ’ आउने भएको छ । ‘चौका दाउ’मा ४ जना वृद्ध र जवान प्रेमीकाको रमाइलो कथा र त्यसपछिको वियोगान्त घटनाक्रम समेटिएको छ ।

    केन्द्रीय चलचित्र जाँच समितिले सेन्सर पास गर्दै चलचित्रलाई पिजि ९प्यारेन्स गाईडेड० सर्टिफिकेट दिएको छ । १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको निगरानीमा उक्त चलचित्र हेर्न पाउने छन् ।

    चलचित्रमा सन्तोष पन्त, तैयव शाह, वर्षा राउत, अजस्र ढुंगाना, विल्सन विक्रम राई, रविन्द्र झा, निर्मल शर्माका साथमा सोनिका केसी, श्याम राई, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, सागर सिग्देल र शिवशंकर रिजाल ९जोगिन्दर० लगायतको अभिनय हेर्न सकिन्छ ।

    वरिष्ठ संगितकार शम्भुजित वाँस्कोटाको कथा र सङ्गीत रहेको चलचित्र सौर्य प्रोडक्सनको ब्यानरमा बनेको हो । चलचित्रमा दिर्घ गुरुङको छायाङ्कन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, वसन्त श्रेष्ठरभीमफेदी गाईजको नृत्य निर्देशन र मित्रदेव गरुङको सम्पादन रहेको छ । सौर्यजित वाँस्कोटा र मनोज राजभण्डारीले निर्माण गरेको चलचित्र ‘चौका दाउ’को निर्देशन पुर्णेन्दु झा गर्नुभएको हो ।

    चलचित्रको ट्रेलरलेनै काउकुती लगाइदिँदा दर्शकले मजैले रमाइलो लिने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया
    थप समाचार