Online Nepal शनिबार, बैशाख २२ २०८१

कैट्रिनासंग विवाह गर्दैछन् सलमान

कैट्रिनासंग विवाह गर्दैछन् सलमान


मध्यान्तर
  • सोमबार, माघ २१ २०७५

  • काठमाडौं । बलिउड अभिनेता सलमान खान नायिक कैटरिना कैफसंग बैवाहि बन्धनमा बाँधिने भएका छन् । उमेरले ५० वर्ष नाघिसकेका सलमान अहिले सम्मपनि अविवाहित छन् ।

    अभिनेता खान जहाँसुकै गएपनि अधिकांश उनलाई प्राय ‘विवाह कहिले गर्ने ?’ भन्ने प्रश्न सोधिने गरिन्छ । तर, सलमान खान जहिले पनि यस प्रश्नको जवाफ दिन अस्वीकार गरिदिन्छन् । अहिले भने तिनै सलमान खानको विवाहको चर्चा चलिरहेको छ ।

    सलमान खानले ‘रियल लाइफ’मा नभई ‘रिल लाइफ’मा कट्रिनाकासाथ विवाह गर्दैछन् । वास्तविक जीवनमा सलमान खानकी प्रेमिका भइसकेकी अभिनेत्री कट्रिनाका साथ सालमान खान फिल्म ‘भारत’ मा विवाह भइरहेको छ । अर्थात् सलमान र कट्रिनाको रिल लाइफमा विवाहको छायांकनको तयारी भइरहेको छ ।

    सलमान खान र कट्रिना केफको यो फिल्म इदको अवसरमा २०१९ को जुन ५ मा रिलिज हुनेछ । अली अब्बास जफरको निर्देशन रहेको यो फिल्ममा सलमान खान र कट्रिना केफका साथै दिशा पाटनी, तब्बु, ज्याक श्राफ, सुनील ग्रोवरलगायतको अभिनय रहेको छ । -एजेन्सी

    प्रतिक्रिया
    थप समाचार