Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

सप्तरंगमा यसरी झुम्यो जनकपुरधाम

सप्तरंगमा यसरी झुम्यो जनकपुरधाम


मध्यान्तर
  • सोमबार, माघ २१ २०७५

  • काठमाडौं । आइतबारको साँझ जनकपुरधाम खुसीका रंगहरु पोख्दै झुमेको छ । जानकी मन्दिरको प्रांगणमा भएको सांगितीक कार्यक्रममा जनकपुर झुमेको हो । जनकपुरमा आयोजना भएको सप्तरंग सांगितिक साँझमा चर्चित कलाकारहरुका साथ दर्शकहरुले गीतको मजा मात्र लिएनन्, कमेडीमा रमाए र संगितमा उफ्रिए पनि ।

    ‘सप्तरङ्ग सात प्रदेश सात हामी’ नाराका साथ ग्रिस्मा ब्रोडकास्टिङले आयोजना गरेको सांगितिक कार्यक्रममा नायिका तथा नृत्याङ्गना अञ्जली अधिकारी, हास्यकलाकार सन्दीप क्षेत्री, गायक रामकृष्ण ढकाल, पशुपति शर्मा, इन्दिरा जोशीलगायत कलाकारले प्रस्तुति दिएका थिए ।

    कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया
    थप समाचार