Online Nepal शनिबार, बैशाख २२ २०८१

पुलवामा हमलाका शहीद शैनिक परिवारलाई अक्षकुमारले गर्दै पाँच करोड रुपैयाँ सहयोग

पुलवामा हमलाका शहीद शैनिक परिवारलाई अक्षकुमारले गर्दै पाँच करोड रुपैयाँ सहयोग


मध्यान्तर
  • सोमबार, फाल्गुन ६ २०७५

  • काठमाण्डौ । बलिउड अभिनेता अक्षाय कुमारले पुलवा हमलाका शहिद परिवारलाई पाँच करोड रुपैया सहयोग गर्ने भएका छन् । अभिनेता अक्षायले भारतको जम्मू कश्मीरको पुलवामा अर्धशैन्य बल सीआरपीएफका जवानमाथि भएको आत्मघाती आतंकवादी हमलामा ज्यान गुमाउनेका परिवाारलाई सहयोग गर्ने भएका हुन् ।

    उक्त हमलामा ४० जनाभन्दा बढीको ज्यान गुमाएका छन् । अहिले भारत उक्त हमलाका कारण आाक्रोशित बनेको छ । अभिनेता अक्षय कुमारले त्यस हमलालाई निकै नै कायरतापूर्ण काम भएको बताएका छन ।

    अहिले सार्वजनिक खबरहरुका अनुसार अभिनेता अक्षय कुमारले ज्यान गुमाएका सैनिक जवानका परिवारहरुलाई सहयोगस्वरुप पाँच करोड रुपैयाँ दिने बताएका छन् ।

    यस्तैअभिनेता अमिताभ बच्चनले पनि आतंकवादी हमलापछि शहीद भएका हरेक सैनिक परिवारलाई पाँच–पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । साथै अभिनेता सलमान खानको एनजीओ बिइङ्ग ह्यूमन फाउण्डेशनले पनि शहीद जवानका परिवारलाई सहयोग गर्न लागेको छ ।

    अभिनेता अक्षय कुमारले आफ्नो ट्विटर अकाउन्टमा ट्वीट गदै भनेका छन्, ‘पुलवामा हमला हामी कहिल्यै भुल्न सक्नेछैनौँ र भुल्न पनि दिनेछैनौं ।

    हामी अहिले आक्रोशित छौँ र यो समय केही गरेर देखाउने बेला हो । यसविरुद्ध कारबाही गरिनुपर्छ । पुलवामा शहीद भएकाहरुलाई दान दियौँ । उनीहरुको सम्मान गर्ने र उनीहरुलाई सहयोग गर्ने सही समय यही हो ।’

    अभिनेता अक्षय कुमार यतिबेला फिल्म ‘गुड न्युज’ को छायांकन गरिरहेका छन् । यस फिल्ममा उनीसँगै अभिनेत्री करिना कपूर खानको पनि भूमिका रहनेछ । साथै उनी अभिनित फिल्म ‘हाउसफूल–४’ र ‘केसरी’ यसैवर्ष प्रदर्शन हुदैछन् ।

    प्रतिक्रिया
    थप समाचार