Online Nepal सोमबार, असोज १७ २०७९

चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का र महासचिवमा सुनिलकुमार थापा निर्विरोध निर्वाचित

चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का र महासचिवमा सुनिलकुमार थापा निर्विरोध निर्वाचित


मध्यान्तर
  • बिहिबार, भाद्र १६ २०७९

  • काठमाडौं । नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित भएका छन् । यस्तै दुई उपाध्यक्ष र महासचिवसहित सम्पूर्ण कार्यसमिति नै निर्विरोध चयन भएको छ । महासचिवमा सुनिलकुमार थापा निर्वाचित भएका छन् ।

    बुधबार भएको उम्मेदवारी मनोनयनमा कसैको दाबी विरोध नपरेपछि उनीहरु निर्विरोध चुनिएका हुन् । उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा किसान पोखरेल र कोषाध्यक्षमा ज्योतिराज राई समेत निर्विरोध भए ।

    सदस्यहरुमा माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, किरण नेपाली र शेखर लामा चुनिएका छन् । कार्यसमिति नै निर्विरोध भएपछि अब चुनाव नहुने भएको छ ।

    नयाँ कार्यसमितिको शनिबार हुने १६ औं वार्षिक साधारणसभामा औपचारिक घोषणा हुने भएको छ । नयाँ कार्यसमिति सदस्यहरुको सपथग्रहण शनिबार हुने भएको छ ।

    प्रतिक्रिया
    थप समाचार