Online Nepal सोमबार, बैशाख २४ २०८१

राप्रपा नेता तथा पूर्वआईजी ठाकुरमोहन माथि आक्रमण गर्ने पक्राउ

राप्रपा नेता तथा पूर्वआईजी ठाकुरमोहन माथि आक्रमण गर्ने पक्राउ


मध्यान्तर
  • शुक्रबार, बैशाख १४ २०८१

  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा सशस्त्र प्रहरी बलका पूर्वआईजी ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा कालिकोटको पलाताँ गाउँपालिका-९ घर भई काठमाडौँ निलोपुल बस्ने ३१ वर्षीय निराजन बम छन् । उनलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

    २७ फागुनमा काठमाडौँ धुम्बाराहीस्थित पार्टी कार्यालयमा नेता श्रेष्ठमाथि आक्रमण भएको थियो । आफूमाथि आक्रमण भएको भन्दै श्रेष्ठले प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएका थिए ।

    प्रतिक्रिया
    थप समाचार