Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

युएईमा एकै कम्पनीमा कार्यरत १५० नेपाली अलपत्र

युएईमा एकै कम्पनीमा कार्यरत १५० नेपाली अलपत्र


मध्यान्तर
  • बिहिबार, पुष २६ २०७५

  • काठमाडौं । युएईमा एकै कम्पनीमा कार्यरत १ सय ५० जना नेपाली अलपत्र परेका छन् । उनीहरु सबैजना युएईको आबुधाबी स्थीत अल वासिता क्याटरिङ्ग एमीरेट्स कम्पनीमा कार्यरत कामदार हुन् ।

    कम्पनीका सञ्चालक जोर्डनका नागरिक युएई छोडेर भागेको र कम्पनीको व्यवस्थापकको लापरबाहीका कारण कम्पनीका झन्डै ७ सय जना कामदार कामविहीन बनेका छन् । राजधानी आबुधाबीदेखि झन्डै २८ किलोमिटर टाढा रहेको मुसाफा ४० नम्बर मजदुर क्याम्पमा उनीहरु अहिले बसिरहेका छन् । कम्पनीमा कार्यरत नेपालसहित भारत, बाङ्लादेश, पाकिस्तान श्रीलंकालगायत देशका झन्डै ७ सय जना कामदार अहिले समस्यामा परेका हुन् ।

    उनीहरुले बिरामी हुँदा उपचार गर्नसमेत नपाएको दुखेसो गरेका छन् । कम्पनीमा १८ महिनादेखि झन्डै ५ वर्षसम्म काम गरेका उनीहरुमध्ये धेरैले गएको ९ महिनादेखि तलब पाएका छैनन् ।

    प्रतिक्रिया
    थप समाचार