Online Nepal मंगलबार, बैशाख १८ २०८१

बेरोजगारी कामदारका विषयमा सरकारले बेवास्ता गरेको छ: गगन थापा

बेरोजगारी कामदारका विषयमा सरकारले बेवास्ता गरेको छ: गगन थापा


मध्यान्तर
  • सोमबार, चैत्र ३० २०७७

  • काठमाडौं । स्वदेश र विदेशमा रोजगारी गुमाएका कामदारका विषयमा सरकारले बेवास्ता गरेको नेपाली कांग्रेसका सांसद गगन थापाले आरोप लगाएका छन् । संसदको आजको बैठकमा सांसद थापाले आफूलाई चमत्कारिक दाबी गर्ने सरकारले ठोस कदमसहित संसदलाई जानकारी दिन माग गरेका छन् ।

    थापाले भने, “कोभिडको प्रभावले देशभित्रका उद्योग, खुद्रा व्यापार, निर्माण, यातायात र सबैभन्दा धेरै पर्यटन उद्योग प्रभावित हुँदा लाखौंले रोजगारी गुमाएका छन् । सरकारी तथ्यांकले भन्छ– विदेशमा रहेका लाखौंले रोजगारी गुमाएका छन् । जो नेपाल फर्किएका छन् । तर, फर्किएर जान चाहेर पनि पाएका छैनन् ।” उनले ती कामदारका विषयमा सरकारले केही पनि नसोचेको बताए ।
    उनले फिलिपिन्स, माल्दिप्स, श्रीलंका, म्यानमारको सरकारले गरेजस्तो हाम्रो सरकारले पनि गरेको भए परीक्षा पास गरेर बसेका कामदार यतिबेला कोरिया गइसकेको हुने बताए । “भाषा र सीप परीक्षण पास गरेर कोरिया गएका र घरविदामा आएका कामदारसमेत काममा फर्कन पाएका छैनन्,” “ठोस काम गरेर यसको जानकारी सदनलाई गराउन सम्मानीय सभामुखमार्फत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ”थापाले भने,।

    प्रतिक्रिया
    थप समाचार