Online Nepal मंगलबार, बैशाख १८ २०८१

स्थानिय तहमा साढे चार लाखको आवेदन, १४ करोड राजश्व संकलन

स्थानिय तहमा साढे चार लाखको आवेदन, १४ करोड राजश्व संकलन


मध्यान्तर
  • बुधबार, असार १८ २०७६

  • काठमाडौं । स्थानीय तहका लागि कर्मचारी माग गरिएकामा चार लाख ४१ हजार १४१ जनाले फाराम भरेका छन् ।

    मंगलबार अन्तिम फाराम भर्ने समयसीमासम्म सो संख्याका आवेदकले फाराम भरेको लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिए । उनकाअनुसार खुलातर्फ चार लाख ३४ हजार ७६४, महिला एक लाख तीन हजार ५६७, जनजाति ४३ हजार ३२६, मधेसी २४ हजार ९०, दलित तीन हजार ९१ र अपांग १४६ र पिछडिएका ११६ ले आवेदन दिएका छन् । ५१५ स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी माग गर्दै आयोगले गत जेठ १५ देखि असार १७ गतेसम्म आवेदन माग गरेको थियो । उनकाअनुसार ती आवेदनबाट रु १४ करोड चार लाख ११ हजार १५० राजश्व संकलन भएको छ ।

    आयोगले स्थानीय तहको कर्मचारीको पदपूर्तिका लागि साउनको पहिलो सातादेखि परीक्षा सन्चालन गर्ने जनाएको छ । सर्वोच्च अदालतले गत सोमबार विज्ञापनसम्बन्धी परेको रिटमा सुनवाइ गर्दै आयोगलाई परीक्षा सन्चालन गर्न आदेश दिएको थियो ।

    प्रतिक्रिया
    थप समाचार