Online Nepal बिहिबार, बैशाख २७ २०८१

डा. गोविन्द केसीलाई जबर्जस्ती ट्रमा सेन्टर लगियो

डा. गोविन्द केसीलाई जबर्जस्ती ट्रमा सेन्टर लगियो


मध्यान्तर
  • मंगलबार, असोज ६ २०७७

  • काठमाडौं । अनशनरत वरिष्ठ चिकित्सक  डा. गोविन्द केसीलाई प्रहरीले जबर्जस्ती राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । नेपालगञ्जबाट ११ : १५ बजेको फ्लाइटमा काठमाडौं आएका केसीलाई त्रिभुवन विमानस्थलमा ओर्लनेबित्तिकै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरतर्फ लगेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा हाल विगतमा वीर अस्पतालमा दिइने उपचार सेवा सञ्चालन हुँदै आएको छ ।

    केसीले त्रिवि शिक्षण अस्पताल जान खोजेको तर प्रहरीले त्यता नलगी ट्रमा सेन्टर लगेको छ ।आफ्नो सेवा अवधिभर त्रिवि शिक्षण अस्पतालमा काम गरेका केसीले गत वर्ष अवकाश लिएका थिए ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु गर्नुपर्ने, हरेक प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने, पीसीआर परीक्षणलाई तिब्र पारेर लकडाउन र निषेधाज्ञा खोल्नुपर्ने माग राखेर केसीले भदौ २९ गते जुम्लामा अनशन सुरु गरेका थिए ।जुम्लामा अनशनका क्रममा धरपकड हुन सक्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड हुन सक्ने भन्दै केसी आइतबार काठमाडौंतर्फ आएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार