Online Nepal बिहिबार, बैशाख २७ २०८१

कांग्रेस महामन्त्री डा. शशांक कोइराला कोरोना मुक्त

कांग्रेस महामन्त्री डा. शशांक कोइराला कोरोना मुक्त


मध्यान्तर
  • बिहिबार, असोज ८ २०७७

  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोना भाइरस मुक्त भएका छन् । उनले सामाजिक संजाल फेसबुकमार्फत आफ्नो स्वस्थ्य अवस्थाबारे जानकारी दिंदै कोरोना मुक्त भएको बताएका छन् । डा. कोइरालाले आफ्नो स्वाव परिक्षणमा कोरोना रिपोर्ट नेगेटिभ देखिएको उल्लेख गरेका छन् ।

    डा. कोइरालाले स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा राख्दै स्वास्थलाभको कामना गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

    उनले फेसबुकमा लेखेका छन्– ‘मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरु, पार्टीका साथीहरू,पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न चिकित्सक टिमलाई पुनः हृदयदेखी नै धन्यवाद व्यक्त गर्दछु । स्वाव परिक्षणमा मेरो कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ । चिकित्सकको सल्लाह वमोजिम अव केहि दिन होम आइसोलेशन मै रहने र त्यस पस्चात पार्टीको नियमित काममा फर्कने छु ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार